काठमाडौं । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले केहीतत्वहरूले विगत केही समय देखि सोही नाम र लोगो प्रयोग गरेर पेसागत महासङ्घ कै नाममा उच्छृङ्खल गतिविधि सञ्चालन गर्दै आएको घटना प्रति भर्त्सना गरेको छ ।
सङ्गठनका महासचिव हरीदेव यादवले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी पेशागत महासङ्घको कार्यालय र नाममा गरेका अवान्छित गतिविधिहरूकोभर्त्सना गरेको हो ।
विज्ञप्तिमा भनिएको छ सङ्गठनलाई आफ्नो विधि र प्रक्रियाबाट सञ्चालन गर्नुका सट्टा मिति २०८०/०१/२६ गतेका दिन पेसागत महासङ्घको कमठमाण्डौ लैनचौर स्थित केन्द्रीय कार्यालयमा लुटपाट र हमला गर्ने दुस्साहस गरेको घटनाप्रति हाम्रो सङ्ठन घोर भर्त्सना गर्दछ ।
प्रगतिशील नेपाल शिक्षक संगठन नेपाल सहित श्रमजीवीहरुको छाता सङ्गठन र ट्रेड युनियन आन्दोलनको बाहक सङ्गठनका रुपमा २०५२ जेठ ६ गते पेसागत ऐक्यबद्धता मञ्च र २०५३ जेठ ४ र ५ प्रथम अधिवेशनबाट पेसागत महासङ्घ नेपाल नामाङ्कन भएर निरन्तर रुपमा क्रियाशील पेसागत महासङ्घ नेपाल २०७९ फागुन २९ र ३० गते काठमाण्डौमा भएको सातौ महाधिवेशन सम्पन्न गरी क्रियाशील रहेको सर्वविदितै छ ।
छरिएर रहेका श्रमिक सङ्गठनलाई एकीकृत रुपमा व्यवस्थित गर्न र सामाजिक सौदाबाजी गर्न संयुक्त टेड युनियनको खाँचो पूरा गर्ने क्रममा पेसागत महासङ्घ नेपाल सरकारी कर्मचारी,शिक्षक,सहकारी कर्मचारी र संस्थानका कर्मचारी एवम अन्य घटकहरुवीच भरोसाको केन्द्र बनिरहेको बेला पेसागत आन्दोलनबाट पलायन भएकाहरूले पेसाकर्मीहरुकोसेवा,सुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद स्थापना गर्न विद्यमान चुनौति सामना गर्दै , देशभर कार्यरत पेसाकर्मीहरुकावीचमा समन्वय र राष्ट्रिय शक्ति विकास गर्ने , एकीकृत राष्ट्रिय शक्तिको माध्यमबाट मुलुकको विकासमा सङ्गठित तवरले सहयोग गर्ने,साझामुद्धा , सरोकारका विषयहरु सङ्गठित गरि आन्दोलन र उपलब्धि लागि सामाजिक सम्बादको नेतृत्व लिने जस्ता अभियानमा क्रियाशील भैरहेको बेला महासङ्घ कै आन्तरिक जीवनमा असर पार्न गरिएको यो हर्कत जघन्य अपराध भएकाले साथै यस प्रकारका कुषितव्यवहारले अन्य संस्थामा समेत असर पर्दैन भन्न सकिदैन तसर्थ यस्ता अपराधी गतिविधि सञ्चालन गर्ने दोसी माथी कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार संग प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ले जोडदार माग समेत गरेको छ ।
पेशागत महासंघको लैनचौर स्थित कार्यालयमा एमाले निकट पेशागत महासंघले आक्रमण गरी कार्यालय हडप्ने कार्यालय परिषरमा नारावाजि गर्ने र हुल हुज्जत गर्ने घटनापछि शिक्षक संगठनले उक्त विज्ञप्ति सार्वजनिक भएको हो ।