काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयु ) को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
बैशाख १८ देखि २० गते सम्म काठमाण्डौमा भएको अधिवेशनले विष्णु लम्साल अध्यक्ष रहेको ६५ सदस्यीय केन्द्रिय कमिटी निर्वाचित भएको छ ।
नवगठित कमिटीको उपाध्यक्षमा दिनेश कुमार राई , त्रिविक्रम ज्ञवाली, सुनिता थापा, चेत बहादुर सापकोटा , सुरेन्द्र राई, रामनरेश सिंह चयन हुनु भएको छ । कमिटीको महासचिवमा दीपक कुमार पौडेल, उपमहासचिवहरुमा प्रेम बहादुर कार्की, मनोहरी शिवाकोटी, कुण्डल ब. खड्का , निलम ढुंगेल रहनु भएको छ । यस्तै कमिटीको सचिवहरूमा भैरव प्रसाद पाठक , दिनेश घिमिरे, खड्ग बहादुर गिरी ,उत्तर बहादुर खड्का , रवि के. सी., समर थापा, वेद प्रसाद हुमागाईँ, दिपेश थपलिया, रत्ना गिरी चयन हुनु भएको छ ।
नवनिर्वाचित एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयु) का पदाधिकारी तथा सदस्यहरूलाई बिहीबार पार्टीको निर्वाचन आयोगका प्रमुख माधव पौडेलले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमाणपत्र हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिनु भएको थियो । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा पार्टीको श्रम रोजगार विभाग प्रमुख उर्वादत्त पन्त लगायत नेताहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो ।