जनकपुर । नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताउनुभयो ।
कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसकै अवसरमा मधेश प्रदेश कमिटीले जनकपुरमा विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा नेता खनालले देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियतामाथि देखिएको सङ्कट समाधानका लागि सबै शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
उहाँले पछिल्लो निर्वाचनपछि सङ्घ र प्रदेश सरकार बनाउने प्रक्रिया जारी रहेकाले दुवै तहका सरकारले पूर्णता पाएपछि जनचाहनाअनुसार विकासका कामले तीव्रता पाउने विश्वास समेत व्यक्त गर्नुभयो । प्रदेश कमिटी अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष धर्मनाथ साह लगायतले बोल्नुभएको थियो ।
नेपाल कम्यूनिष्ट पार्टीको ७५ औँ पार्टी स्थापना दिबसका अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा पूर्बप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनालले राख्नुभएका टिपोटहरु-
- झलनाथ खनाल
१.क.पुष्पलाल प्रति हार्दिक श्रद्धाञ्जली !! ७५औं पार्टी स्थापना दिवसमा शुभकामना !!
२.नव बर्षको २०८० को उपलक्ष्यमा हार्दिक शुभकामना !!
३.पार्टी स्थापना दिवसलाई सम्झदा हामी पार्टीको स्थापना लक्ष्य -Founding Mission_ लाई सम्झिने गर्छौं र सम्झिनुपर्छ ।
४.हाम्रो पार्टीको स्थापना लक्ष्य
- सामन्तबाद र निरंकुश शासनका रुपमा रहेको राजतन्त्रलाई समाप्त गर्ने ।
- दलाल‐नोकरशाही पुँजीवादको शोषण र शासनलाई अन्त्य गर्ने ।
- साम्राज्यवाद, प्रभुत्ववाद र नब उपनिबेशवाद बाट नेपाल राष्ट्रलाई स्वतन्त्र र मुक्त बनाउने ।
- न्यूनतम लक्ष्यका रूपमा नयाँ जनवाद स्थापना गर्ने ।
- अधिकतम लक्ष्यका रुपमा वैज्ञानिक समाजवाद स्थापना गर्ने ।
- अन्तिम रुपमा नेपाली समाजलाई साम्यवादको दिशातिर अघि बढाउने ।
- त्यसका निम्ति हर कालमा प्रधान शत्रुलाई पहिल्याउने र त्यसका विरुद्ध सम्झौता हिन ढंगले संघर्ष गर्दै अघि बढाउने ।
५.हामीले ती उद्देश्यहरुमा सामन्तवाद र राजतन्त्रलाई उन्मुलन ग¥यौँ,पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गयौँ र पुँजीवादी जनवाद स्थापना गरेका छौं । तर अरु उद्देश्यहरू पूरा गर्न बाँकी नै छ ।
६.हामी अहिले समाजवादी क्रान्तिको युगबाट अघि बढिरहेका छौं ।
७.अहिले बर्तमान नेपाली समाजको चरित्र ‐ पुँजीवादी समाज ।
८.यो समाजको प्रधान अन्तर्विरोध ‐ दलाल पुँजीवाद र व्यापक जनता बीचको अन्र्तबिरोध ।
९.अहिलेको प्रधान शत्रु दलाल पूंजीवाद र त्यसका प्रतिनिधिहरु ।
१०.वर्तमान क्रान्तिका शत्रु र मित्रहरु ।
११.वर्तमान क्रान्तिका तिन ऐतिहासिक हतियारहरु -
१.एउटा शक्तिशाली, जनब्यापी र देशव्यापी क्रान्तिकारी पार्टी
२.प्रधान शत्रुका विरुद्ध व्यापक संयुक्त मोर्चा ।
३.बहुआयमिक वर्गसंघर्ष ।
१२.हामीले एमालेको दक्षिणपन्थी औसरवादका विरुद्धको बैचारिक संघर्षलाई गहिरो बनाउनुपर्छ ।
१.पार्टीभित्र मदन भण्डारी फाउन्डेसनका नाममा लामो समय देखि गुटबन्दी गरे के.पी ले, तर हामी सधैं एकताबद्ध पार्टीका पक्षमा खडा भयौँ ।
२.दुई पार्टीलाई एकीकरण गरेपछि पार्टीको नाम अर्को पार्टीसँग मिल्नेगरी राख्नै हुने थिएन । त्यो नेतृत्वको दम्भ थियो । कमसेकम एउटा सांकेतिक भिन्नता राखेको भए अदालतले आधार नै पाउने थिएन ।
३.अदालतले पार्टी विभाजन गरेपछि त्यसलाई मिलाउनको सट्टा २८ फागुनमा केन्द्रीय कमिटिको नाउँमा गुटको बैठक गरेर पार्टी विभाजन गरे । तर हामी एकतावद्ध पार्टीका पक्षमा थियौ ।
४.एकीकृत पार्टीलाई अदालतको दुरुपयोग गरेर पार्टीलाई विभाजन गरी दिपावली गरेको तर हामी फेरि पनि पार्टीलाई एकताबद्ध बनाउने पक्षमा थियौं । पहल गरेको भए त्यसबेला पनि नेकपा बचाउन सकिने थियो ।
५. हामी संविधानको धारा ७६ को पक्षमा दृढ थियौं,तर के.पी ओलीले धारा ७६ को विरोध गरेर संविधान कै विरोध गर्न पुगे ।
६.चार पटक नीति, कार्यक्रम र बजेट ल्याउँदा पनि, भूमिसुधार, कृषि क्रान्ति,राष्ट्रिय औद्योगिकरण, शैक्षिक क्रान्ति, स्वास्थ्य क्रान्ति,गरिबी उन्मूलन, निरक्षरता उन्मूलन जस्ता कुनैपनि सबाललाई सम्बोधन नगरेको । जबकि हामी सधैं त्यसको वकालत गर्दै आयौ
७.जनवादी क्रान्ति सम्पन्न भएको बारे प्रष्टता छैन ।
८.नेपाली समाजको वर्तमान अवस्था प्रष्ट छैन ।
९.नेपाली समाजकै वर्तमान क्रान्तिको चरित्र प्रष्ट छैन ।
१०.नेपाली क्रान्तिको लक्ष्य समाजवाद मान्दैन जबज मान्छ ।
११.हाम्रो मार्गदर्शक सिद्धान्त जबज भन्छ ।
१२.जबजलाई नेपाली क्रान्तिको मौलिक सिद्धांन्त भन्छ ।
१३.नेपाली समाजको प्रधान अन्र्तरबिरोध प्रष्ट छैन ।
१४.आजको प्रधान शत्रु दलालपूजीँबाद र त्यसलाई प्रतिनिधित्व गर्ने शक्ति बारे प्रष्ट छैन । तर एमाले राप्रपा र काँग्रेस सँग गठबन्धन गर्न चाहान्छ ।
१५.संसद जतिबेला पनि बिघटन गर्न सकिन्छ, भन्छ ।
१६.चितवनमा अयोध्या देख्नु सांस्कृतिक अधपतन ।
१७.ओली दुई पार्टी सिस्टमका पक्षमा छन् । हामी सबैसँग प्रतिस्पर्धा गर्दै कम्यूनिष्ट पार्टीलाई स्थापित गर्न चाहन्छौ ।
१८.ओली राजतन्त्र प्रति अनुरागी छन् । अहिले पनि राप्रपा र दुर्गा प्रसाई सँगको साठँगाठ गर्छन, हामी प्रस्ट रुपले गणतन्त्रका पक्षमा छौ ।
१९.के.पी ओलीले पार्टीभित्र गुटबन्दीलाई बैधानिक बनाउन खोजे ।तर हामी .गुटबन्दीलाई अपराध पूर्ण कार्य भन्छौ र पार्टीलाई एकताबद्ध र एकीकृत बनाउनु पर्छ भन्छौ ।
२०.दुई तिहाई बहुमत भएको संसद जसबाट मुलुकमा ठूलो परिवर्तन ल्याउन सकिन्थ्यो । तर त्यसलाई विघठन गर्ने कुरालाई हामी अपराध ठान्छौं तर के.पी त्यसलाई सामान्य कुरा ठान्छन् । बर्तमान संबिधान अनुरmप पनि गर्न सकिने ठान्छन ।
२१.०७४ को चुनावको घोषणा पत्रमा दुबै पार्टीले गरेका प्रतिबद्धतालाई अस्वीकार गर्ने काम के.पी ओलीले गरे । तर हामी तिनीहरू दृढता पूर्वक लागु गर्नुपर्ने थियो भन्छौं ।
२२.पार्टीको नेतृत्वमा मात्र सरकार चलाउन र चल्नुपर्छ भन्ने हाम्रो माक्र्सवादी नीतिलाई के.पी ले अस्वीकार गरे र प्रधानमन्त्री सर्वेसर्वा हो, उसले जे भन्छ पार्टी त्यसरी चल्नुपर्छ भने । पार्टीबाट सरकार स्वायत्त हुनुपर्छ भने,यो बुर्जुवा दृष्ट्रिकोण हो ।
२३.केपीले केन्द्रीय प्रशासनलाई झनझन केन्द्रीकरण गर्ने नीति लिए र उनी त्यहि धारणा राख्छन् । तर हामी कम्युनिष्ट पाटीले केन्द्रीकरण होइन, विकेन्द्रीकरण गर्नुपर्छ भन्छौ।
२४.के.पीले देशका वामपन्थीहरूको एकता अनेक बाहनामा तोड्ने काम गरे । अनि एक बेलामा दक्षिणपन्थी भारतमुखी शक्तिहरुलाई ठूलठूला सहुलियत दिएर उनीहरmसँग साँठगाँठ गर्न पुगे । अर्को बेलामा राजावादी राप्रपासँग साँठगाँठ गरे ।अहिले नेपाली कांग्रेससँग साँठगाँठ गर्न खोज्दैछन् । यो घोर दक्षिणपन्थी भड्काउ हो। हामीले त्यस्तो गलत अडानको विरोध गर्नुपर्छ ।
२५.के.पी बिदेशी गुप्तचरहरुसँग गुप्त रुपले भेट्नु ठिक थियो भन्छन् तर हामी संस्थागत प्रक्रिया विना त्यसरी भेट्नु हुदैन भन्छौ ।
२६.के.पी वर्तमान पुँजीवादी लोकतन्त्रलाई“परिपूर्ण लोकतन्त्र” बनाउने कुरा गर्छन् हामी त्यस्तो वर्गभन्दा माथिको लोकतन्त्रको परिकल्पना पनि गर्न सकिन्न भन्छौँ । यो भ्रम र ठगी मात्र हो । वर्गीय चरित्र बिनाको कुनै लोकतन्त्र हुँदैन । आज पँजीवादी लोकतन्त्रबाट हामीले पुग्ने भनेको समाजवादी लोकतन्त्र मात्र हो ।
२७.हामीले लोकतन्त्रका चार ऐतिहासिक रुप मात्र हुन्छन् भन्छौं तर उनी जबज नामको “परिपूर्ण लोकतन्त्र”को भ्रमपुर्ण परिकल्पना गर्छन् । त्यो कहि सम्भव छैन र सम्भव भैहाले त्यो पुँजीवादी लोकतन्त्र बाहेक केही हुँदैन ।
२८.के.पी ओली जनवादी र समाजवादी दुवै चरणमा जबज लागू हुन्छ र समाजवादमा पनि बहुदलीय प्रतिस्पर्धा हुनुपर्छ भन्छन् । यो माक्र्सवादमा गरेको ठाडो संशोधन हो । यो संशोधनवाद हो र यो पुँजीवाद हो । हामी समाजवादमा बहुदलीय प्रतिस्पर्धा हुँदैन,त्यहाँ प्रतिस्पर्धा गर्ने वस्तुगत आधार नै समाप्त भएको हुन्छ भन्छौं ।
१३.आजका हाम्रा कार्यभार -
- हामीले आफ्ना कार्यदिशा,नीति र सिद्धान्त प्रष्ट पार्नुपर्छ ।
- सकेसम्म चाँडै राष्ट्रिय महाधिवेशन गर्नुपर्छ र पार्टीलाई संस्थागत गर्नुपर्छ ।
- अहिले अर्को कुनै पार्टीसँग एकीकरण सम्भव छैन ।
- प्रमुख शत्रुका विरुद्ध कार्यगत एकता वा मोर्चा बन्न सक्छ तर प्रमुख शत्रु वा प्रतिद्धन्दी सँग कार्यगत एकता संभब हुदैन ।
छ विगतका अनुभवहरूको मसिनु गरी समीक्षा गर्नुपर्छ, निर्बाचनको राम्रो समिक्षा गर्नुपर्छ ।
- हामीले हाम्रा सबै तहका कमिटीहरुलाई सक्रिय र गतिशील बनाऔ ।
- पार्टीलाई वर्गभित्र लैजाऔँ । वर्ग विश्लेषण गरौ । शहरी क्षेत्रको बर्ग बिश्लेषण गरौँ ।
- पार्टीका वरिपरि विभिन्न वर्गीय संगठनहरूको सञ्जाल विस्तार गरौ ।
- पार्टीलाई सबै स्तरका अधिवेशन तीर अघि बढाऔ ।
- पार्टीभित्र गलत विचारका विरुद्ध बैचारिक रुपान्तरणको कामलाई गहिरो बनाऔ ।
- पदबाद, कुर्सीबाद,लाभवाद
- जातिवाद, सम्प्रदायबाद,ब्यतिmबाद
- पार्टीको कार्यशैलीमा सुधार गरौ ।
११.हामीले सास्कृतिक अधपतन र सांस्कृतिक खरिद बिक्रीका विरुद्ध सङ्घर्ष गरौँ र राष्ट्रिय जन समाजबादी संस्कृतिको बिकास गरौँ ।
१२.सबै तिर पार्टी कार्यालयहरु व्यवस्थित गरौ ।
१३.सबै ८ वटै जिल्लाहरmमा पार्टी सदस्यता र कमिटिहरु बिस्तार गरौँ ।
१४.जितेका जिल्लाहरुमा क्रान्तिकारी संसदवादको कार्यदिशा अनुरुप नीतिगत र विकास निर्माणका काम अघि बढाऔँ ।
१५. पाटीको आर्थिक स्थितिलाई जन आधारित भएर बलियो बनाऔ ।
- सदस्यबाट
- विशेष योगदान
- व्यवसायीहरुबाट
- जनप्रतिनिधिबाट
१६.दलाल पूँजीवादको शोषण कसरी फैलिदै छ । त्यसको अनुसन्धान,अध्ययन र बिश्लेषण गदैँ व्यापक विरोध र भण्डाफोर गरौं ।
१७.हामीले दक्षिणपन्थी औसरबादका विरुद्धको वैचारिक संघर्षलाई व्यापक बनाउनुपर्छ । एमाले कार्यकर्ताहरmसँग नीतिगत रmपमा ब्यापक बहस सृजना गरौँ ।
१८.हामीले जनता र राष्ट्रका सरोकारका विषयहरु,जनता माथि भइरहेका शोषण र उत्पीडनको बिरुद्ध, भ्रष्टाचारका विरुद्ध, सीमा समस्या, विकासका आवश्यकता आदिका विषयमा विरोध प्रदर्शनहरु गर्ने, आलोचनाहरू गर्ने र वर्ग संघर्षलाई विकास गर्ने काम गरौँ ।
१९.पार्टीको विकासका निम्ति वैचारिक संघर्ष र समाजको वा क्रान्तिको विकासका निम्ति वर्गसंघर्ष नै मुख्य कडी हो ।
२०.नेतृत्वको नयाँ पिडि योजनाबद्ध रmपले विकास गरौ ।
२१.सम्भव हुने सबै कम्युनिष्टहरूलाई सहि कार्यदिशा र नीतिका आधारमा पार्टीमा एकताबद्ध बनाउँदै जाऔं ।
२२.पार्टी र जन संगठनहरुलाई ८ वटै जिल्लाहरु र सबै गाउँ तथा टोलहरुमा पुर्याऔँ ।
२३.पार्टीलाई सिङ्गो जिल्लाको निर्णायक नेतृत्व केन्द्रका रुपमा स्थापित गरौँ ।
२४.आगामी ५ वर्षमा मधेश प्रदेशमा कमिटिलाई समाजवादी शक्ति किल्लाका रुपमा रुपान्तरित गर्ने लक्ष्यका साथ सम्पूर्ण जनतालाई गोलबन्द गर्दै अघि बढौं ।
१४.उपरोक्त कामहरु गर्न सम्पूर्ण पार्टी शक्तिलाई गोलबद्ध गर्दै अघि बढेर मात्र पार्टी स्थापना दिवस मनाउनुको वास्तविक उद्देश्य पूरा हुन्छ ।