काठमाडौं । अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का सांसद तथा पूर्व मन्बी शेरबहादुर कुँवरले मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्नु भएको छ ।
प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्नु हुँदै सांसद कुवँरले आर्थिक वर्ष ७७/७८ सालमा बजेट बिनियोजित गरेर कामको सुरुवात भएको सेती लोकमार्गको काम १३ वर्ष सम्म पनि पूरा हुन नसकेको भन्दै रोष प्रकट गर्नु भयो ।
राष्ट्रिय गौरवको आयोजनाका कामहरुले पनि गति लिन नसक्ने हो भने हामी प्रति आम नागरिकको धारण सकारात्मक नहुने बताउँदै सांसद कुँवरले बाताबरणिय अध्ययन लगायतका विभिन्न बाहना बनाएर कामलाई प्रभावित गर्न सरकारको ठूलो कमजोरीको पराकाष्ठा भएको बताउनु भयो ।
सेती लोकमार्गको नामाकरण हुँदा आफू तत्कालीन संविधान सभाको सदस्य भएर प्रतिनिधि बैठकमा भाग लिएर खुसी भएको बताउँदै सांसद कुँवरले अहिलेसम्मले आयोजना प्रति सरकार उदासिन भएकोले अब गम्भीर भएर कार्यान्वयन गर्नका लागि आग्रह गर्नु भयो ।
सेती लोकमार्ग निर्माण गरि संचालनामा आए पछि ताक्लाकोट मानसरोवर जाने पर्यटकको लागि सबै भन्दा छिटो छरितो दुरीको सडक हुने भएकोले आन्तरिक तथा बाहय पर्यटक मार्फत स्थानीय बासिको आम्दानीको श्रोत बढ्ने बताउनु भयो ।
सेती लोकमार्ग सम्पन्न गर्दा २० वटा मोटरेवल पुल मध्ये अहिलेसम्म ३ वटा पुलको ठेक्का लगाएर निर्माण कार्य अघि बढेको ३ वटा पुलको ( बिस्तृत लागत विवरण ) डिजाइन इष्टमेट बनेर ठेक्का लगाउने काम नभएको र बाकी १४ वटा पुलको बारेमा अहिलेसम्म सुनुवाइ नभएको बताउनु भयो ।
कैलाली ,अछाम र बझाङ जिल्लाको खण्डमा सडक कटिङको केही काम भए पनि डोटी जिल्लामा अहिलेसम्म काम नभएकोले यसै बर्षमा बजेटको आवश्यक ब्यवस्था गरेर तत्काल कामलाइ अगाडि बढाउन सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनु भयो ।
कैलाली जिल्लाको बौनिया बजार बाट बझाङ हुँदै ताक्लाकोट पुग्नका लागि सबै भन्दा छोटो दूरी हुनका साथै पहाड र तराई जोड्नका लागि सजिलो रहेको बताउँदै सेती लोकमार्गको कामलाई ढिलासुस्ती नगर्न सरकार सँग आग्रह गर्नु भयो ।
सेती लोकमार्गको काम सम्पन्न भएर सञ्चालनमा आए पछि बाजुरा, बझाङ, अछाम र डोटी जिल्लाको कैलाली जोड्ने सबै भन्दा छोटो सफक मार्ग हो ।