दोलखा । नेकपा एकीकृत समाजवादी दोलखाको जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । शुक्रबार सम्पन्न बैठक पार्टीका दोलखा जिल्ला अध्यक्ष भीम प्रसाद दहालको अध्यक्षता र पार्टी सचिव तथा केन्द्रिय अनुगमनकर्ता, पूर्वमन्त्री. जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
बैठकमा पार्टीका पोलिटब्युरो सदस्य तथा जिल्ला कमिटी इन्चार्ज शिव प्रसाद भण्डारी केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने, महेन्द्र बहादुर कार्की, चुनु के सी, भुवनसिं थापा, रविन्द्र कार्की लगायत प्रदेश कमिटीका नेताहरुकोआतिथ्यतामा भएको जिल्ला कमिटीको बैठकले गरेका निर्णयहरू प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको पार्टीका दोलखा सचिव अशोक कुमार दाहालले बताउनु भयो ।
बैठकमा पार्टी र समग्र मोर्चा संगठनको अवस्थाको विश्लेषण समीक्षा गर्नुका साथै संगठन सुदृढिकरण विशेष अभियानको समेत समीक्षागरिएको थियो ।
समसामयिक प्रस्ताव तथा निर्णयहरु
समसामयिक विषयहरूमा छलफल हुदा अघिल्लो बैठकमा छलफल गरेका विषयहरु आम जनताका सरोकारका विषयहरु भएकाले तिनीहरुमाथि पुनः व्यापक छलफल गरी यिनै विषयहरुकर्यान्वयनका लागि क्रियाशील हुने निर्णय गरियो ।
१. नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका दक्षिणपन्थी अवसरवाद विरुद्ध विद्रोह गरेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृतसमाजवादी) दक्षिणपन्थी अवसरवादका विरुद्ध राजनैतिक, वैचारिक अभियान संचालन गर्नुपर्ने कुरालाई महसुस गर्दै संगठन निर्माणको साथसाथै राजनैतिक, वैचारिक अभियान संचालन गर्न सबै मातहत कमिटीलाई निर्देशन गर्दै सबै कमिटीलाई सुसंगठित र व्यवस्थित बनाउदै क्रियाशील ढङ्गले परिचालित गर्ने निर्णय गरियो ।
२. दोलखा जिल्लाका स्थानीय तहमा उपभोक्ता समिति र निर्माण व्यवसायीद्वारा हुने विकास निर्माणका कार्यमा संस्थागत भ्रष्टाचारकोसंस्कृति मौलाउदै गएकोले भ्रष्टाचारको विरुद्ध संगठित प्रतिवाद गर्दै सुसाशनयुक्त स्थानीय तह निर्माणमा योगदान गर्न सम्पूर्ण पार्टी पङ्तिलगायत आमजनसमुदायमा हार्दिक अपील गर्दछौँ ।
३. देशमा उत्पन्न आर्थिक मन्दीका कारण दोलखा जिल्लाका पर्यटकीय नगरी चरिकोट, जिरी, कालिञ्चोक, कुरी, शैलुङ लगायतका क्षेत्रमा पर्यटक आगमनको कमीलाई महसुस गर्दै उक्त क्षेत्रको आर्थिक गतिविधिलाई व्यवस्थित गर्न पर्यटन व्यवसायसग सम्बद्ध संघसंस्था, होटल व्यवसायी, स्थानीय व्यापारीहरूको साझेदारीमा आयोजना हुने कार्यक्रममा सहयोग गर्न पार्टी पङ्तिलाई निर्देशन गर्नुका साथै सम्बन्धित व्यवसायीहरुलाई पर्यटन तथा अतिथिमैत्री व्यवहार गर्न आह्वान गर्दछौ ।
४. दोलखा जिल्लाको विकासको सम्भावनाका ढोका मानिएका लामाबगर-लप्ची-फलाक ( चिन ) सम्मको सडकका लागि पटक पटक बजेट विनियोजन हुदै आएको तर निर्माणकार्य अगाडि नबढेको अवस्थालाई मध्यनजर गर्दै उक्त नाकासम्मको सडक सञ्जाल निर्माणमा गम्भीर हुन सम्बन्धित पक्षलाई अनुरोध गर्ने र सबै राजनैतिक दल र सरोकारवाला निकायबिच छलफल चलाउन र खरीढुङ्गा म्याग्नेसाइड तथा तामाकोसी तेस्रो जलविद्युत आयोजनाको कामलाई अविलम्ब अगाडि बढाउनका लागि दबाव सिर्जना गर्न हाम्रो पार्टीले पहलकदमी लिन यो बैठक निर्देश गर्दछ ।
५. दोलखा जिल्ला तामाकोसी गाउपालिका वडा नं. ५, किर्नेटारमा अवस्थित खिम्ती -१ जलविद्युत आयोजनाको लगानीकर्ता कम्पनी हिमालपावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबिचमा सम्झौता भई उक्त आयोजनाको शेयर आधाआधा हुनलागेको भन्ने कुरा बुझिन आएकोले उक्तखिम्ती–१ जलविद्युत आयोजनाको कम्तीमा १० प्रतिशत शेयर स्थानीय वासीलाई र १५ प्रतिशत शेयर जिल्लावासीलाई उपलब्ध गराउन हिमालपावर लिमिटेड र नेपाल विद्युत प्राधिकरण समक्ष अनुरोध गर्दै सबै राजनैतिक दल र सरोकारवाला निकायबिच छलफल र अन्तरक्रिया आयोजना गर्न हाम्रो पार्टीले पहलकदमी लिन यो बैठक निर्देश गर्दछ ।
६. दोलखाजिल्लाको लाइफलाइनको रुपमा रहेका तामाकोसी तेस्रो जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन हुनुपर्नेमा कमिसन लगायत अनेकन आर्थिक चलखेलका कारण क्षमता घटाउने र आयोजना निर्माणमा आलटाल भइरहेको अवस्थामा उक्त आयोजनाको कामलाई शीघ्रातिशीघ्र अगाडि बढाउन सम्बन्धित पक्षलाई हार्दिक अनुरोध गर्दछ ।
७. दोलखा जिल्लको प्रवेशबरमा रहेको खरीढुङ्गा म्याग्नेसाइड दोलखाको औद्योगिक विकास तथा यहाको बेरोजगारी समास्या समाधानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने आयोजना हो । विगत लामो समयदेखि यति महत्वपूर्ण आयोजना सरकारी बेवास्ताको शिकार बन्दै आइरहेको छ । मुलुककै अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न सक्ने उक्त आयोजना अविलम्ब सञ्चालन गर्न यो बैठक जोडदार माग गर्दछ ।
क. भीम प्रसाद दहाल
अध्यक्ष