नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नुवाकोटको विदुर नगर स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले सजन कुमार श्रेष्ठको संयोजकत्वमा २५ सदस्यीय नगर कमिटी गठन गरेको छ।
कमिटीको सहसंयोजकमा सुजना खतिवडा ,सचिवमा दिपेश लाल चित्रकार र सहसचिवमा वर्षा चित्रकारलाई चयन गरेको छ।
त्यस्तै, सदस्यहरूमा जीवन कुमाल ,दिपक थापा ,सविता श्रेष्ठ ,हरिमाया तामाङ श्रेष्ठ ,गौरि वि.क,राजु रिमाल ,शंकर गजुरेल ,साजन राई ,गोपिनि केसि ,वासु चित्रकार ,अनिश्मा राई ,सीता राई,सविता सडौला,कृति थापा,हरि गुरुङ,निर्जल राई,विनोद केसि,सारदा गजुरेल ,सम्भव न्यौपाने,महेन्द्र लाल डंगोल सहितको कमिटी निर्माण भएको पार्टी उपसचिव उद्वव पनेरुले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय उपमहासचिव तथा कार्यालय सचिव गंगालाल तुलाधारले समाजवादी पार्टीलाई नुवाकोटको १२ वटै पालिकाहरुमा वडा कमिटी देखि पालिका कमिटी सम्मका सबै संगठन बिस्तार गर्दै लैजानका लागि सहयोग गर्न केन्द्रीय पार्टीले नुवाकोटमा खटाएको र पार्टीको निर्देशन अनुसार सबै भातृसंगठन बनाएर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । डा. श्रेष्ठले अब पार्टी सहित हरेक मोर्चामा आफूलाई दरिलो र तर्कँसङ्गत रुपमा टोल ,टोल र बस्तिहरुमा समाजवादको नारा लिएर जान नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी इन्चार्ज राजेन्द्रप्रसाद लोहनी ,केन्द्रीय परिषद सदस्य सुर्य बहादुर कडेल ,पार्टी अध्यक्ष गोविन्द नेपाली ,केन्द्रीय निवाचन आयोगका सदस्य वसन्त बस्नेत,केन्द्रीय परिषद सदस्य यमकुमार ख्याती ,कृष्ण प्रसाद दाहाल, बागमती प्रदेश कमिटी सदस्य राजु सडौला,पार्टी सचिव पदम उप्रेती ,जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश नेपाल ,नेपाल खेलकुद महासंघ समाजवादी बागमती प्रदेश कमिटी अध्यक्ष उत्तम श्रेष्ठ ,युवासंघ नेपाल नुवाकोटका अध्यक्ष सुरेश अधिकारी,समाजवादी प्रेस संगठन नुवाकोटका अध्यक्ष जमुना गजुरेल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेकपा एमाले बेलकोटगढी नगरपालिका नगर कमिटी सदस्य सोमप्रसाद भट्टले एमाले पार्टी परित्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा समाहित हुनु भएको छ। उहाँ लाई खादा र माला सहित पार्टीका नेता तथा केन्द्रीय उपमहासचिव गंगालाल तुलाधरले स्वागत गर्नुभएको थियो ।