बिर्तामोड । नेकपा एकीकृत समाजवादी पार्टीको भात्री संगठन नेपाल दलित मुक्ति संगठनको झापा जिल्ला अधिवेशनले उदय बराइलीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।
बिहीबार बिर्तामोडमा सम्पन्न भएको नबौं जिल्ला अधिवेशनले मेचीनगरका बराइलीको जिल्ला अध्यक्ष रहेको जिल्ला कमिटी गठन गरेको हो । सङ्गठनका अध्यक्ष जंघ रसाइलीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता सङ्गठनका प्रदेश इन्चार्ज श्याम ल्वागुनको रहेको थियो ।
बराइलीको नेतृत्वमा गठित जिल्ला कमिटीको उपाध्यक्षमा गनबहादुर लामगादे, सचिवमाबिदोदगदाइली , सह सचिवमा शंकर परियार, कोषाध्यक्ष राधिका लोहार र सदस्यहरूमाएखबहादुर बिक, दिनेशकुमार बिश्वकर्मा , भीम बराइली, मीना सार्की, धनकुमारी बिश्वकर्मा , डम्बर बिश्वकर्मा , कृष्ण लोहार, खगेन्द्र बिश्वकर्मा , भगवान दर्जी, प्रकाश बिक, झेनुका दर्जी, गोपाल देवापाने, मनकुमारी बिश्वकर्मा , तुलसा खाती रहेको संगठनका प्रदेश सचिव तथा नेकपा एकीकृत समाजवादी झापाका सचिवालय सदस्य पर्शुराम शंकरले जानकारी दिनुभयो ।
सो अधिवेशनले तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । तिलक लोहार, लालबहादुर कालिकोटे, सन्तोष लामगादे सल्लाहकारमा चयन भएका छन् ।
अधिवेशनलाई प्रमुख अतिथि श्याम लुहागुन, पार्टीका केन्द्रीय सदस्य शारदा शर्मा घिमिरे, झापा जिल्ला अध्यक्ष बेदराज रेग्मी, संगठनका अनुशासन समितिका अध्यक्ष तारा रुचाल,मोरंग जिल्ला अध्यक्ष तिलक परियार र कोशी प्रदेश सचिब पर्शुराम शंकरलेमन्तव्य राखेका थिए । नव निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि ल्वागुनले सपथग्रहण गराउनु भएको पार्टीका जिल्ला प्रचार विभाग प्रमुख तथा सचिवालय सदस्य तीर्थ सिग्देलले जाकारी दिनुभयो । सोही क्रममा पार्टीको तर्फबाट नव वर्ष २०८० सालको सुखद् अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।