जनकपुर ।हरवाचरवा अधिकार यात्रा जनकपुर पुगेको छ । सप्तरीको राजविराज र पर्साको वीरगन्जबाट २५ चैतमा एकैपल्ट थालिएको हरवाचरवा अधिकार यात्रा मंगलबार धनुषाको कलवारकुट्टीकोसभा कक्षमा आयोजित समापन कार्यक्रममा विभिन्न दलका जनप्रतिनिधिले हरवाचरवाको समस्या समाधान गर्न तीन तहको सरकारको समन्वयमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।
संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा काम नगर्ने हो भने अधिकारसम्पन्न प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठ्ने उनीहरूको भनाइ छ ।
नौ महिनाअघि तत्कालीन सरकारले हरवाचरवाको मुक्तिको घोषणासँगै हरवाचरवा परिवारको सामाजिक, आर्थिक उन्नति र सम्मानजनक जीवन सुनिश्चितताको घोषणा गरेको थियो । तर, सरकारले गरेका कबोल कागजमै सीमित भएपछि पुनर्स्थापनाको माग गर्दै हरवाचरवा प्रदेश सरकारलाई घचघच्याउन सप्तरीको राजविराज र पर्साको वीरगन्जबाट एकैपटक २५ चैतमा अधिकार यात्रामा निस्किएका हुन् ।
हरवाचरवाको न्यायिक पुनर्स्थापना र भूमि, शिक्षा, रोजगारी तथा सामाजिक सुरक्षाको माग गर्दै राजविराजबाट २५ चैतमा हिँडेको टोली सप्तरीको शम्भुनाथ,खडक, सुरुंगा नगरपालिका, सिराहाको लहान नगरपालिका, सखुवानन्कारकट्टी,बरियारपट्टी, औरही गाउँपालिका र सिराहा नगरपालिकाका जनप्रतिनिधिहरूलाई आफ्नो पीडा सुनाउँदै मंगलबार जनकपुरधाम पुगेको हो ।