काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) प्यूठान- काठमाण्डौ सम्पर्क मञ्चको अगुवा कार्यकर्ता भेला काठमाडौंमा सम्पन्न भएको छ । 
 नेकपा एकीकृत समाजवादीका  महासचिव घनश्याम भुसालको प्रमुख आतिथ्यमा सम्पन्न अगुवा कार्यकर्ता भेलामा पार्टी  केन्द्रीय  कमिटी  सदस्य कल्पना माण्डब्य ,सम्पर्क विशेष परदेश  कमिटीका उपसचिव केशर अधिकारी  लुम्बिनी  सम्पर्क  कमिटीका अध्यक्ष  विद्याराज पाण्डेय ,प्यूठान जिल्ला अध्यक्ष भोज बिक्रम बूढा मगर ,अनेम संघ केन्द्रीय सदस्य बबिता गमाल ,अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य बिबेक घर्ति र मुक्ति संगठनका केन्द्रीय सदस्य प्रकाश बिक लगायत नेताहरुले सम्बोधन  गर्नुभएको थियो । 
उक्त  भेलामा  प्यूठान मल्लरानी १ र माण्डबी ४ बाट झबिलाल राहु मगर र नवीन कक्षपतिको पहलमा ९ जना युवाहरू पार्टी प्रवेश गर्नु भएको छ । 

 विभिन्न  पार्टी र स्वतन्त्रगरि ९ जना  व्यक्तिहरू नेकपा एकीकृत समाजवादीमा प्रवेश  गर्नु  भएको छ ।  नब प्रवेशीहरूलाई  प्रमुख  अथिती बाट अबिर माला लगाएर  स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश  गर्नेहरूमा  एलबी थापा  मगर ( एमाले ( बाट प्रकाश सुनुवार ( राजमो ) बाट   विशाल सुनुवार अजित सुनुवार  सचिन सुनुवार सन्तोष गमाल मिस्नु सुनुवार  विजय श्रेष्ठ ( स्वतन्त्र बाट ) हुनुहुन्थ्यो ।
भेलाले सम्पर्क मञ्चमा  केही सदस्यहरू  थप समेत गरेको छ । थप गरिएका सदस्यहरूमा अजित सुनुवार , बिशाल सुनुवार ,सचिन सुनुवार  विजय श्रेष्ठ ,लाल बहादुर थापा मगर  हुनुहुन्छ । मनोनित सदस्यहरूलाई   कल्पना  माण्डव्यले शपथ गराउनुभयो।  लुना रिजालको अध्यक्षतामा भएको उक्त भेलाको सञ्चालन मञ्चका सचिव ओम बहादुर पुनले गर्नु भएको थियो ।