काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले इतिहासको रथ पछि नफर्कने बताउनु भएको छ ।
बुधबार नेकपा एकीकृत समाजवादीको प्रचार विभागले आयोजना गरेको सम्पादकसँगको भेटघाट कार्यक्रममा बोल्दै नेपालले गणतन्त्रविरूद्ध औंला उठाउनेहरूका उद्धेश्य पूरा हुन नदिने भन्दै अव इतिहासको रथ पछि नफर्कने बताउनु भयो ।
अध्यक्ष नेपालले अगाडि बढिसकेको नेपाललाई पछाडि फर्काउन मेहनत गरिरहेकाहरूको उद्देश्य सफल नहुने बताउनु भयो । ‘इतिहासको रथ अगाडि बढिसकेको छ, पछाडि फर्कन सक्दैन। यो उल्टो दिशामा जान सक्दैन,’ भन्दै ‘त्यस्ता प्रवृत्तिलाई कुनैपनि हालतमा सफल हुन दिँदैनौं।’ भन्दै , ‘ जो परीक्षामा फेल भइसकेका छन्, त्यस्ताहरूले यो व्यवस्था माथि औलो ठड्याउनु सुहाउँदो कुरा नभएको बताउनु भयो ।’ अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गर्दै ढुक्क हुन आग्रह गर्नुभयो ।
उहाँले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको भन्दै राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौं । मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढने प्रतिवद्धता गरेको बताउनु भयो ।
वर्तमान सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको बताउनु भयो ।
कार्यक्रममा पार्टीका महासचिव घनश्याम भुसालले अहिले राजनीतिले कृषि क्षेत्रलाई समेटन नसकेको भन्दैकिसानलाई कृषिमा टिकाउनका लागि कृषिमा दीर्घकालीन योजना जरुरी भएको बताउनु भयो ।
महासचिव भुसालले अहिलेको राजनीतिमा प्रभावकारी हस्तक्षेपको खाँचो रहेको औँल्याउनु भयो । विभाका प्रमख तथा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।