दिनेश खरेल ।
काभ्रे । नेकपा ( एकीकृत समाजवादी ) काभ्रेको संगठन सुदृढीकरण विषेश अभियान अन्तरगत पहिला चरणको कार्यक्रम शनिबारबाट सुरु भएको छ । शनिबार एकै दिन जिल्लाको १३ वटै पालिकाको पालिकास्तरीय भेला गरी अधिवेशनको मिति तय गरेको छ ।
भेलाले काभ्रेमा जिल्लामा आगामी ज्येष्ठ २७ र २८ गते जिल्ला अधिवेशन गर्ने गरि मिति तोकिएको छ । जिल्ला अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न वडा र पालिका तहबाट अधिवेशन गर्ने मिति तय गर्ने र पार्टी गठन ,पुनर्गठन गरी सदस्यता वितरण गर्ने सम्बन्धमा सबै पालिकामा छलफल भएको विभिन्न पालिकामा खटिएका केन्द्रीय तथा जिल्ला सहजकर्ताहरुले बताउनु भएको छ ।
जिल्लाको भुम्लु गाउँपालिकाका १० वडामा कमिटी गठन र पुनर्गठन चैत्र मसान्तभित्र गरिसक्ने र पालिका अधिवेशन बैशाख मसान्तसम्म सक्ने गरि अगाडि बढ्न पालिका कमिटीलाई निर्देशन दिइएको केन्द्रीय सहजकर्ता रामदेवि तामाङले जानकारी दिनु भयो ।
यस्तै जिल्लाका अन्य पालिकामा संगठन सुदृढीकरण अभियान अन्तर्गत शनिवार बनेपा ,बेथान्चोक ,मण्डनदेउपुर,नमोबुद्द,पाचखाल,चौरीदेउराली ,भुम्लु पालिकाको पालिका कमिटी बैठक सम्पन्न भएको नेकपा एकीकृत समाजवादीका काभ्रे जिल्ला अध्यक्ष वसुन्धरा हुमागाँईले जानकारी दिनु भयो । केन्द्रीय र जिल्ला सहजकर्ताहरुको उपस्थितिमा सम्पन्न बैठकले अधिकांश पालिकामा संगठित सदस्यतालाई प्राथमिकतामा राखेर अधिवेशनलाई फलदायी बनाउन निर्देशन समेत दिइएको छ ।
विषेश अभियान अन्तर्गत जिल्लाका एक सय ३५ वडा मध्ये शनिवार पहिलो दिन धुलिखेल नगरपालिका वडा नम्बर ३ मा वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आनन्द पोखरेलको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो ।