विनोद परियार
रूपन्देही ।
समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश समिति पुनर्गठन गरिएको छ । सङ्गठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठ सहित केन्द्रीय पदाधिकारीहरूकोउपस्थितमा शनिबार लुम्बिनीमा बसेको बैठकले हृदय भुसालको नेतृत्वमा २९ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
संगठनको उपाध्यक्षमा शंकर प्रसाद पाण्डेय ( रुपन्देही ), महिला उपाध्यक्षमा प्रतिज्ञा बूढा मगर (रोल्पा), सचिवमा दीपक अनुरागी( कपिलबस्तुु ), कोषाध्यक्ष प्रकाश न्यौपाने ( रुपन्देही ), सहसचिव पदम गैरे( सह-सचिव ) सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरीसदस्यहरूमा लोकनाथ शर्मा ,मनोजक्षेत्री ,एलिना आचार्य, अशोक चौहान, विक्रम आचार्य लगायत चयन भएका छन् । संगठनको प्रदेश समितिमा जिल्ला अध्यक्षहरू पदेन रहने व्यवस्था छ । विस्तारित बैठकलाई सम्बोधन गर्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले नेपालको अभिव्यक्ति र प्रेस स्वतन्त्रताको रक्षा गर्दै व्यवसायिक पत्रकारिताका पक्षमा उभिने बताउनु भयो ।
उहाँले समाजवादी प्रेस संगठन आलोचनात्मक चेत भएका पत्रकारहरूको संगठन भएको भन्दै पत्रकारहरूले जहिल्यै पनि खराब पात्र र प्रवृत्तिको विरोध गर्नु पर्ने,समाजका हरेक विषयलाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताउँदै सङ्गठनमालागेकाहरूलेत्यही अनुसार पत्रकारितामा आफूलाई निखार्न आग्रह पनि गर्नुभयो ।
त्यस्तै बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवंलुम्बिनी प्रदेश सचिव राजु गुरुङले योग्यता, क्षमताका आधारमा पत्रकारिता पेशामा लाग्नुपर्ने बताउँदै समाजवादी प्रेस संगठन कामकाजीहरुको संगठन बनाउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा समाजवादी प्रेस सङ्गठनका बरिष्ठ उपाध्यक्ष विश्वमणिसुवेदीले लुम्बिनी प्रदेश कमिटीले नयाँ ऊर्जाका साथ व्यवसायिक पत्रकारहरूको संगठन बनाउने गरि काम गर्न आग्रह गर्नुभयो । बैठकमा संगठनका उपमहासचिव रामकुमार एलनले संगठन मजदबुद बनाउने गरि देशव्यापी रुपमा अभियानमा खटिएको बताउँदै संगठनमा संख्या भन्दा पनि पत्रकारितामा गुणस्तर कायम गर्ने गरि काम गर्न आग्रह गर्नुभयो ।
त्यस्तै बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, संगठनका उपाध्यक्ष शान्तराम विडारी , राजेन्द्र कुँव र,सचिव गोविन्द चौलागाई , सचिव उत्तर विष्ट, नेकपा एकीकृत समाजवादी रूपन्देहीका जिल्ला उपाध्यक्ष श्रीराम यादव, पार्टी प्रचार विभाग प्रमुख एवं सचिव सरिता श्रीस , विनोद परियार, शंकर प्रसाद पाण्डेय, प्रकाश न्यौपाने, दीपक अनुरागी लगायतले बोल्दै सङ्गठनलाईमजबुत बनाउने प्रतिबद्धता जनाएका थिए । बैठकले २०७९ बैशाख २० गतेसम्म बाँकी रहेका जिल्ला शाखा गठन गर्ने निर्णय समेत गरेको छ ।