काठमाडौं । बेलारुसमा अलपत्र नौ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । शुक्रबार उनीहरूलाई नेपाल फर्काइएको हो ।
नेपाल फर्काइएकाहरुमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राईलाई स्वदेश फर्काएको हो ।
नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेकपा ( एकीकृत समाजवादी ) की उपाध्यक्ष अनेमसंघ समाजवादीकी केन्द्रिय अध्यक्ष तथा सांसद जयन्तीदेवी राईले नेपाल फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिँदै विदेशमा पुर्याइ अलपत्र बनाउने अपराधीलाई सरकारले कारबाही गर्नुपर्ने बताउनु भयो ।
‘नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाइ काम गर्नुहोला, राईले भन्नु भयो , तपाईंहरूलाई हाम्रो पनि साथ छ न्याय दिलाउने काममा साथ दिने छौँ । उहाँले भन्नुभयो । त्यस्तै नेकपा ( एकीकृत समाजवादी ) की केन्द्रीय प्रचार विभाग सदस्य तथा अभियन्ता कृतु भण्डारीले ९ जना महिलाहरूलाई थुप्रै नेपाली मनहरूको साथ र सहयोगमा ललाईफकाई बेलारुस पुर्याइ अलपत्र पारिएका महिलाहरूलाई स्वदेश फर्काइएको बताउँदै अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
सामाजिक अभियान सहित दुई साताको प्रयासपछि उनीहरू शुक्रबार स्वदेश फर्किएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनीहरूले बेलारुसमा निकै दुःख पाएको बताए । एन आर एन बेलारूस , दूतावास, सरकार तथा सामाजिक अभियन्ताहरूको अथक प्रयासबाट उनीहरूको उद्धार भएको हो ।
नेपाल फर्किएका उनीहरूले अब आफूलाई क्षतिपूर्ति सहित विदेश पठाउने मेनपावर व्यवसायीका विरुद्ध कारवाही गरिनुपर्ने माग राखेका छन् । वर्किङ भिसा भनेर भिजिट भिसामा पठाउँदै अलपत्र पार्ने मेनपावर व्यवसायीलाई कारवाहीका लागि उजुरी दिने उनीहरूको तयारी छ । आफूहरू वैदेशिक रोजगारीमा नभई बेचिने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।