काठमाडौं । पेसागत महासंघ नेपालको सातौँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले नयाँ नेतृत्वमा चयन गर्दै २५ बुँदे समसामयिक प्रस्तावहरू समेत पारित गरेको छ ।
महाधिवेशनले श्रम सम्बन्धलाई सुमधुर बनाई उत्पादन र उत्पादकत्व अभिवृद्धिमा सहयोग पुयाउने विषय पारित गरेको छ ।
श्रम शक्तिको वास्तविक अवस्थाको अध्ययन अनुसन्धान गर्न, श्रमिकहरूकोपञ्जिकरण गर्न, ज्ञान, सीप, क्षमता र सशक्तीकरण अभिवृद्धि गर्न, कल्याणकारी कामका लागि नीति कार्यक्रम तय र कार्यक्रम सञ्चालन गरी श्रम बजारलाई मर्यादित बनाउन आर्थिक वर्ष २०७८/ ७९को सरकारको नीति तथा कार्यक्रममा समावेश भएर पनि हालसम्म गठन हुन नसकेको राष्ट्रिय श्रम आयोग गठन तत्काल गर्न महाधिवेशनले सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै श्रम ऐनमा रहेको हायर एण्ड फायर र नो वर्क नो पे नीतिका कारण श्रमिकहरुको रोजगारी कटौती भएको तथा ट्रेड युनियन गठन सञ्चालन र दर्तामा समस्या उत्पन्न भई विकृति, विसंगति र भ्रष्टाचारजन्य गतिविधि बढेकाले श्रम ऐन, ट्रेड युनियन ऐन, सामाजिक सुरक्षा ऐन तथा नियमावलीहरुमा यथाशीघ्र संशोधन गर्न माग गरिएको छ ।
“समाजवादः सामाजिक न्याय, स्वाधीन अर्थतन्त्र र समृद्ध जीवन, गुणस्तर सेवा, सुशासन र एकीकृत तथा सुदृढ ट्रेड युनियन” भन्ने मूल नाराका काठमाडौंमा बुधबार सम्पन्न दुईदिने महाधिवेशनले आगामी चार बर्षका लागि प्रेमल कुमार खनालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
महाधिवेशनले महासंघ नेपालको बरिष्ठ उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, उपाध्यक्ष (महिला ( प्रभादेवी बज्राचार्य, उपाध्यक्षमा रामप्रसाद रिमाल, उपाध्यक्षमा ( मधेशी ) योगेन्द्र यादव, उपाध्यक्षमा किशोरकुमार नेपाली, उपाध्यक्षमा धरणीधर अधिकारी, उपाध्यक्षमा हिक्मतबहादुर बस्नेत, उपाध्यक्षमा हरिप्रसाद जोशी, उपाध्यक्षमा ( जनजाती ) शरणकुमार गुरुङ चयन गरेको छ ।
यस्तै समितिको महासचिवमा राजन रेग्मी, उपमहासचिवमा सूर्यप्रसाद अधिकारी, उपमहासचिवमा ( महिला ) सीताकुमारी ओझा, उपमहासचिवमा पूर्णबहादुर वुढा, उपमहासचिवमा रामकुमार महत, उपमहासचिवमा ( मधेशी )विश्वनारायण मिश्र, सचिवमा (महिला) भवानी खड्का, सचिवमा विकास सिलवाल, सचिवमा रामप्रसाद आचार्य, कोषाध्यक्षमाध्रुबप्रसाद पौडेल, सह-कोषाध्यक्षमाहरिदेव यादव निर्वाचित हुनु भएको छ ।
महाधिवेशनले विभिन्न २५ बुँदे समसामयिक प्रस्तावहरु पनि पारित गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
महाधिवेशनमा महासङ्घका पूर्व अध्यक्षहरु, पदाधिकारी तथा सदस्यहरु,सल्लाहकारहरु, विभिन्न मुलुकका विदेशी प्रतिनिधिहरु , २९ घटक युनियनहरु, ४० प्रतिष्ठानहरु तथा ७७ जिल्लाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
महाधिवेशनकोे बन्द सत्रमा महासचिव रामप्रसाद रिमालले साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्ष श्यामप्रसाद पाण्डेले आर्थिक प्रतिवेदन र महासचिव रामप्रसाद रिमालले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रतिवेदनहरु उपर सामुहिक छलफलका लागि प्रतिनिधिहरुलाई ९ वटा समूहमा विभाजन गरी व्यापक छलफल चलाइएको थियो । दोश्रो दिन ९ वटै समूहबाट प्राप्त सुझावहरु समेत समेट्ने गरी प्रतिवेदनहरु परित गरिएको थियो ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोल्दै नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आम पेसाकर्मीहरुका हकहितमा काम गर्नेमा विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले संगठनले जारि गरेको २५ बुँदे प्रस्तावलाई कार्यान्वयनका लागि सम्पुर्ण पेसाकर्मीहरुलाई संगै लैजान आग्रह गर्नु भयो ।
श्रमजिवी जनताको हितमा काम गर्न आजको पुँजीवादले वाधा पुर्याइरहेको भन्दै उहाँले पेसागत संगठनहरुको आवाज सधै श्रमिक जनताको पक्षमा रहनुपर्नेमा जोड दिनु भयो ।
पेसागत महासंघ नेपालद्धारा जारि विज्ञप्ति