रोल्पा । आगोले पोलिएको सात वर्ष पछि उपचार पाएकी सृजनाले नयाँ जीवन पाएकी छिन्। रोल्पा जिल्ला त्रिवेणी गाउँ पालिका वडा नम्बर ४ कि सृजना घर्तीको पोलिएको सात वर्ष पछि उपचार भए पछि अहिले उनले नयाँ जीवन पाउने भएकी हुन ।
सृजना घर्तीलाई नयाँ जीवन दिनका लागि समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य रोल्पा जिल्लामा बसेर पत्रकारिता गर्दै आएकी प्रतिज्ञा बुढाको टोली बरदान साबित भएको छ । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको चुनावी प्रचार प्रसारको क्रममा जमुना घर्ती सँग समाजवादी प्रेस सङगठका केन्द्रीय सदस्य प्रतिज्ञा बुढा मगर र नेपाली काङ्ग्रेस वडा सदस्य ज्ञान बहादुर बुदा , एकीकृत समाजवादी पार्टी रोल्पा जिल्ला त्रीबेणी गाउँ पालिका वडा नम्बर ४ का वडा सदस्य मोहन बुढा लगायत टोलीको भेट भएपछि उनको उपचारको बारेमा अनेकौं छलफल गरेको थियो । यस्तै उपचारमा सहयोग गर्ने सहयोगी संस्था खोजेर उपचार गर्ने जिम्मेवारी समाजवादी प्रेस सङ्गठनका केन्द्रिय सदस्य प्रतिज्ञा बुढाले लिएको उनकी आमा प्रेमकुमारी घर्तीले बताइन् ।
जन्मेको ६ महिनामा अगेनामा परेर दुईवटा खुट्टा आगोले पोलेको थियो । अहिले उनी ८ वर्ष पुगेकी छिन , उनका दुईवटा खुट्टा आगोले पोल्दा हिडडुल गर्न निकै सकस परेको थियोे । रोजगारीको सिलसिलामा उनका बुवा दिपेन्द्र घर्ती भारतको मुम्बई शहर आमा प्रेमकुमारी घर्ती मेलापात गर्न गएको समयमा घरमा हजुर आमा संग छोडेर गएको बेलामा उनी आगोमा परेकी थिइन ।
गाउँमा दैनिक ज्यालादारी काम गरेर बिहान बेलुकीको छाक टार्न धौ धौ भए पछि दिपेन्द्र मजदुरी गर्न भारतको मुम्बई शहरमा पुगेर काम गरिरहेको समयमा घरमा छोरी पोलिएको खबर सुन्ने बितीकै आँखा भरी आँसु बगाउँदै उनको मनमा निकै सन्नाटा छाएको बताएका छन् । आर्थिक अवस्था निकै कम्जोर भएका दिपेन्द्र घर्तीले सुविधासम्पन्न अस्पतालमा लिएर तत्काल छोरीको उपचार गर्न सकेन उनले घरेलु उपचार विधि अपनाउने गरेको बताए ।
अहिले विकलांग मित्र समूह कर्णाली प्रदेश सुर्खेतका प्रमुख होमराज केसी रोल्पा त्रिवेणी गाउँपालिकाका त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गँगा प्रसाद घर्ती र महिला तथा बालबालिका इकाई प्रमुख हिरा बुढासंगको समन्वयमा विकलांग मित्र समुह अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा लगेर एउटा कृतिम खुट्टा राखिएको छ । जमुना घर्तीको एउटा खुट्टा सल्यक्रिया गरेर राखिएको छ भने अर्को खुट्टाको सल्यक्रिया तीन महिनामा गर्नु पर्ने भएकोले गर्दा खानाबस्ने अनि पढ्ने गरी निशुल्क रुपमा ब्यवस्थापन गरी होम राज केसिले समन्वय गरेर बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ को करुणालय संस्थामा राखिएको समाजवदी प्रेस सङ्गठनका केन्द्रीय सदस्य प्रतिज्ञा बुढाले बताइन ।
त्रिवेणी गाउँपालिकाको सहयोग र विकलांग मित्रसमुह अपांग तथा पुनर्स्थापना केन्द्र को समन्वयमा यो भन्दा पहिले पनि २ - ३ जनाको उपचार तथा कृतिम खुट्टा राखिएको थियो ।