कलैया । नेकपा ( एकीकृत समाजवादी ) निकटको अखिल नेपाल महिला संघ ( समाजवादी ) कोल्हवी नगर कमिटी चयन भएको छ । बाराको कोल्हवीमाआइतबार भएको भेलाबाट टिका मैनालीको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा मनोरमा चौधरी, सचिवमा विनिता चौधरी, सदस्यहरूमापरणिया चौधरी, सुष्मा ठोकर ग्यापक, रिता खडका ,गीता मैनाली, सुमित्रा चौधरी लगायतका रहनु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का पोलिटब्युरो सदस्य दिनेश राईले राष्ट्रिय राजनीतिको नेतृत्व महिलाले लिने गरी अगाडिबढनु पर्ने बताउनु भयो ।
नेकपा एकीकृत समाजवादी निकटको अखिल नेपाल महिला संघ ( समाजवादी ) को नगर स्तरीय महिला भेलालाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य राईले यस्तो बताउनु भएको हो ।
‘हरेक क्षेत्रमा ३३ प्रतिशत महिला अनिवार्य नै हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर महिलाहरू अहिले हरेक क्षेत्रमा कम्तिमा पनि ५० प्रतिशत हुनु पर्छ’ राईले भन्नुभयो , ‘ तपाईहरु अब राष्ट्रिय राजनीतिको नेतृत्व पनि गर्ने गरी राजनीतिमा सक्रिय हुन आवश्यक छ ।’
राजनीतिमा सक्रिय भएर बिभिन्न पदको नेतृत्व गरिरहेका महिला नेताहरू पुरुष नेताहरू भन्दा बढी जिम्मेवार, इमानदार, स्वच्छ देखिएको भन्दै नेता राईले महिलाहरू मुलुकको मुल नेतृत्वमा आएमा राष्ट्रको समृद्धि अवश्य हुनेमा विश्वास व्यक्त गर्नुभयो । भेलामा एकीकृत समाजवादीका केन्द्रीय सदस्य विभा कार्की, जिल्ला अध्यक्ष विजेन्द्र चौधरी लगायतका नेताहरूको विशेष सहभागिता रहेको थियो ।