विराटनगर । नेकपा एकीकृत समाजवादीको जन संगठन पूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीको कोशी प्रदेश स्तरीय बैठक सम्पन्न भएको छ ।
नेपाल भूपू सैनिक तथा प्रहरी सङठन समाजवादी कोशी प्रदेश कमिटीको आयोजनामा शनिबार मोरङ जिल्ला कमिटीको प्रथम सम्मेलन र नगर कमिटी अध्याबधिक तथा अधिवेशन सम्पन्न भएको हो सङ्गठनका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज पवित्र राम थापाको सभापतित्वमा सम्पन्न बैठकले रुद्र बहादुर बस्नेत अध्यक्ष रहेको मोरङ जिल्ला कमिटी गठन गरेको छ ।
कार्यक्रम नेकपा एकीकृत समाजवादी कोशी प्रदेश सचिव तथा पार्टी पोलिटब्युरो सदस्य महेश रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । पार्टी जिल्ला कमिटी अध्यक्ष गोविन्द निरौला विशेष अतिथि रहनु भएको सो कार्यक्रमका उद्घोषण भूपू सैनिक तथा प्रहरी सङठन सदस्य कृष्ण नेपालले गर्नु भएको थियो ।
सङ्गठन जिल्ला अध्यक्ष केदार ओझाले स्वागत गर्नु भएको उद्घाटन समारोहमा कलाकार होम भट्टराई र सुनिता कटवालले कला प्रस्तुत गर्नु भएको थियो । सङ्गठनका केन्द्रीय उपाध्यक्ष तथा बागमती इन्चार्ज इस्वरी बुढाथोकीले सङ्गठनको इतिहास बताउँदै देशलाई आवश्यक परे भूपू सैनिक तथा प्रहरी सङठन बहाल वाला सरह खटेर जनताको हक अधिकार प्राप्तिको लागि लड्ने बताउनु भयो।

कार्यक्रमका अतिथि निरौलाले पार्टी निर्माण अनि जन परिचालनमा भूपू सैनिक तथा प्रहरी सङठन आवद्द कमरेडहरूको महत्वपूर्ण भूमिका रहने बताउनु भयो। पार्टी प्रदेश सदस्य डा. खगेन्द्र ओलीले मोर्चा सङ्गठनमा आवद्द भूपू सैनिक तथा प्रहरी सङ्गठनले उत्कृष्ट काम गर्दै अघि बढ्न निर्देशन दिनुभएको थियो ।
सङ्गठनका मोरङ इन्चार्ज रुद्र बहादुर बस्नेतले भूपू सैनिकले पाउने सेवा सुविधामा विभेद भइ रहेकोले त्यस्तो हटाउन नेताहरूले पहल गरिदिन आग्रह गर्नु भयो। उहाँले बिचारले मान्छेको मन जित्ने कुरा सच्चा राजनीति भएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टी निर्माणमा अरु कम्युनिष्ट पार्टी भन्दा भिन्न र इमानदार पुर्बक लागि परेको बताउनु भयो। भूपू सैनिक तथा प्रहरी सङठन पार्टीको गतिलो सारथि हुनु पर्छ भन्नु भयो। उहाँले भूपू सैनिक र पहरीका माग र मुद्दालाई समाजवादको सच्चा सहयात्री नेकपा एकीकृत समाजवादीले मात्र समेटन सक्ने बताउनु भयो।
कार्यक्रममा मोर्चा सगठन कोशी प्रदेश सचिव, डा. खगेन्द्र ओली पार्टीका केन्द्रीय परिषद सदस्य सुनसरी जिल्ला पार्टी अध्यक्ष गोविन्द निरौला, विशेष अतीथि के उपाध्यक्ष तथा बाग्मती प्रदेश अध्यक्ष ईश्वरी बुढाथोकी, केन्द्रीय कोषाध्यक्ष सिंह बहादुर खड्का लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम सञ्चालक संगठनको केन्द्रिय सदस्य तथा तथा सुनसरी जिल्ला इन्चार्ज कृष्ण प्रसाद नेपाल , कलाकार राष्ट्रिय जनसांस्कृतिक महासङ्घका केन्द्रिय सदस्य सुष्मा तिमिल्सिना , सुनसरी अध्यक्ष सुनीता कटुवाल , उपाध्यक्ष होम भट्टराईले प्रस्तुति गर्नु भएको भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीका केन्द्रिय अध्यक्ष धनबहादुर कार्कीले बताउनु भयो ।