- झलनाथ खनाल
१. वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति
अन्तर्राष्ट्रिय स्थिति -
- वर्तमान विश्व ठूलो उथलपुथल र परिवर्तनको बीच बाट अघि बढ्दैछ ।
- शक्ति सन्तुलन पश्चिमबाट पूर्वतिर सर्दै गइरहेको छ । त्यसले गर्दा अमेरिका यतिबेला बढि भन्दा बढि आक्रामक बन्दै गइरहेको छ ।
- भू राजनीतिक शक्तिहरू अघि कहिल्यै भन्दा बढी सक्रिय भएको अवस्था छ ।
- नेपालको बारेमा उनीहरूको ध्यान दृष्टि पहिलेको भन्दा बढी केन्द्रित हुँदै गएको अवस्था छ ।
- युक्रेन युद्ध पछि विश्वमा मुद्रा स्फिति ,मुल्यबृद्धि,उर्जासंकट ,खाध्यान्न संकट बढिरहेको छ । त्यसले हाम्रो देशलाई पनि प्रभावित पारिरहेको छ ।
- नेपालले बडो होशियारी पूर्वक अघि बढ्नुपर्ने अवस्था छ ।
२. राष्ट्रिय स्थिति -
- मुलुकको अर्थतन्त्र ठूलो सङ्कटबाट गुज्रिरहेको छ । उठेको राजस्वले सरकारको सामान्य खर्च पनि भ्याउन सक्ने अवस्था छैन ।
- चौतर्फी मूल्यवृद्धि र मुद्रास्फीति बढिरहेको अवस्था छ ।
- व्यापार घाटाचुलिँदैगहिरहेको छ ।
- बेरोजगारीले विकराल रूप लिँदै गइरहेको छ ।
- माथिदेखि तलसम्म भ्रष्टाचार व्याप्त भएको अवस्था छ ।
-मुलुकको अर्थतन्त्र झन झन परनिर्भर हुँदै गएको छ । मुलुक विदेशी कम्पनीहरूका उत्पादनको बजार वा उपभोक्ता मुलुकका रुपमा परिणत भएको छ ।
- देशका मुख्य राजनीतिक पार्र्टीहरुप्रति जनतामा तीव्र असन्तोष, अविश्वास र वितृष्णा बढिरहेको अवस्था छ ।
- मुलुकको राष्ट्रिय राजनीति झनझन्अस्थिरता ,अन्यौल र दिशाहीनता तिर उन्मुख भएको छ ।
- पुरानो गठबन्धनको आयु समाप्त भएको छ र नँया गठबन्धनले आकार लिदैछ ।राष्ट्रपति चुनाव नै गठबन्धन परिवर्तनको आधार बनेको छ । राप्रपा र रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई छाडिसकेका छन ।
- नँया गठबन्धन बन्दैछ ,तर त्यस प्रति कुनै आशा ,आर्कषण र उत्साह आम जनतामा देखिदैन । किनभने त्यो गठबन्धन पनि कुनै प्रगतिशील र देशभक्त नीतिका आधारमा बन्न गइरहेको छैन । यी सबै कुर्सी र सत्ताको बाँडफाँड बाहेक केही देखिदैन ।
- मुलुकको राष्ट्रियता माथि निरन्तर खतरा बढ्दो छ । विदेशीहरूको चलखेल झनझन्बढ्दो छ ।
- एककाइसौँ शताब्दीको तेस्रो दशकमा आइपुग्दा पनि हाम्रो देशको सिमाना अंकित हुन सकेको छैन
यस्तो राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिका बीचमा हाम्रो मुलुक अघि बढ्दैछ । यो परिस्थिति हाम्रा सामु आफैमा ठुलो चुनौतीका रूपमा खडा छ ।
वर्तमानत्रिशंकूसंसद्
- त्रिशंकूसांसदको स्थापना भएको छ, संघ र प्रदेश सबै ठाउँमा त्यस्तै छ ।
- कुनै पनि पार्टीलाई बहुमत छैन ।
- देश कुनैपनि दिशामा जान सक्छ,अनिश्चितताको अवस्था छ ।
- यसले Horse trading को खतरालाई समेत बढाएको छ ।
- एकपछि अर्र्को नाटकीय परिवर्तनका ढोकाहरूखुलेका छन ।
- यसले अस्थिरतालाई बढावा दिन्छ, विदेशी शक्तिहरुलाई खेल्ने ठाउँ दिन्छ र मुलुकलाई कमजोर बनाउन सक्छ ।
- आउने ५ बर्षमा कतिवटा गठबन्धन र सरकार बन्लान अहिले नै भन्न सकिने स्थिति छैन ।
- हामीले मुलुकलाई स्थिरता कसरी दिन सकिन्छ,त्यसका उपायहरू खोज्नुपर्छ ।
- अहिले पनि बामपंथी मोर्चाबंदी गरेर मात्र मुलुकलाई गहिरिदो अस्थीरताबाट बचाउन र प्रगतिशील परिबर्तनतिर मुलुकलाई अग्रसर बनाउन तुलनात्मक रmपले सकारात्मक बिकल्प देखिन्छन । तर ठुला बाम समुहका नेताहरू अझै त्यो दिशातिर उन्मुख हुन सकिरहेका छैनन ।
त्रिशंकू संसदमा रहेका शक्तिहरूको विश्लेषण
- १२ वटा राजनीतिक पार्टीहरू संसदमा आएका छन ।
पुनरुत्थानवादी शक्ति -
- त्यसमध्ये पुनरुत्थानवादी र राजतन्त्रवादी शक्तिहरू पुनर्जीवित भएर आएका छन र उनीहरूले संसद्मा पहिले भन्दा शक्ति विस्तार गरेका छन र उनीहरु राजतन्त्र र हिन्दु राज्य पुर्नस्थापनाको माग उठाउन थालिसकेका छन ।
२. बुर्जुवा यथास्थितिवादी शक्तिहरूः
१.२०७४ मा २३ सीट जितेको नेपाली कंग्रेसले अहिले ५७ सीट जितको छ र समानुपातिक समेत गर्दा पहिले ६२ सीट हुनेले अहिले ८९ सीट बनाएर देशको पहिलो पार्टी बन्न पुगको छ ।
२ रहस्यमय शक्तिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ । त्यो पनि आम रुपमा बुर्जुवा यथास्थितिवादी कै पक्षमा देखिन्छ ।
३. तराईमा जनमत पार्टी उदाएको छ । त्यो पनि आम रुपमा त्यसै बर्गीकरणमा देखिन्छ ।
वामपन्थी शक्तिहरू -
१.नेकपा एमाले हिजोको दुईतिहाइबाट तल झर्यो । दुईतिहाइबाट सामान्य बहुमतमा पनि आउन सकेन त्यतिमात्र होइन त्यो सब भल्दा ठूलो पार्टी पनि बन्न सकेन । ४४ं + ३४ = ७८
२. माओवादी पार्टी पनि पहिलेको भन्दा कमजोर भयो । त्यसले लोकप्रियता र सीट दुवै कुरा गुमायो ।
( १८ं+१४=३२ सीट ) वास्तवमा त्यसले २०६५ को पहिलो संविधान सभामा २९.७ ५ मत पाएकोमा हालको निर्वाचनमा आउँदा करिब ११ ५ मा झरेको छ ।
३. हाम्रो पार्टी नेकपा ( एकीकृत समाजवादी ) पार्टी अहिले राष्ट्रिय पार्टी पनि बन्न सकेन । १०ं+०=.१०
४.बामहरु सँग नै निकट भएको क.प्रभु शाहको “आम जनता पार्टी” नामक नयाँ पार्टी भर्खरै घोषणा भएको छ । त्यसले पनि २ सीट ल्याएको छ ।
त्यस बाहेक केही स्वतन्त्र सांसदहरु पनि छन ।
४.नयाँ सरकार बनाउने विकल्पहरू
वामपन्थी बहुमतको सरकार
- नेकपा ( एमाले ) ७८, माओवादी ३२, एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी १२, आम जनता पार्टी २, जनमोर्चा १ र नेमकिपा १ = १३६
- यसमा जनमत पार्टी वा नागरिक उन्मुक्ति पार्टीलाई मात्र संलग्न गर्दा पूर्ण बहुमत को स्थिति छ ।
- तर एमाले र माओवादी जस्ता ठूला वाम समूहहरूपुनरुत्थानवादीहरू र दक्षिणपन्थीहरूसँग साँठगाँठ नगरी मुलुक नै चल्दैन भनेजस्तो गरी अघि बढेको देखिन्छ । त्यसले गर्दा बामपन्थी पार्टीहरूको सरकार बन्न सकेन
२. बाम‐लोकतान्त्रिक शक्तिहरूको सरकार ।
- यो दोस्रो सम्भावना थियो । यसमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा ,नेकपा एकीकृतसमाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी गर्दा ७९+३२+१०+१२+४+४=१४१
तर यो विकल्प माघ १० गते नै समाप्त भयो ।
३. हाल स्थापित सात दलको सरकार
- त्यसलाई कांग्रेस, माओवादी केन्द्र, जसपा,नेकपा एकीकृतसमाजवादी,रास्वपा ,राप्रपा ,जनमत र नागरिक उन्मुक्ति पार्टी समेत गर्दा २६८ को समर्थन थियो ।
- विश्वासको मत लिएको बेलादेखि सरकार भित्र शंका र अविश्वासको बिजारोपण भएको देखिन्छ ।
- त्यसले गर्दा यो सरकारको आयु कति होला भन्ने प्रश्न यक्ष प्रश्नका रुपमा खडा भएको छ ।
- यो सरकार भ्यागुताको धार्नी जस्तै देखिन्छ, कतिबेला कुन भ्यागुता उफ्रिन्छ र सरकार तलमाथि हुन्छ कसैले भन्न सक्ने स्थिति छैन ।
५. अहिलेको सरकारको स्वरूप
प्रजातन्त्रवादीहरू त्यहीँ छन ,ऊनीहरू संवैधानिक राजतन्त्र र हिन्दु राज्यको माग गरिरहेका छन ।
२. मधेस देश बनाउनेहरू पनि त्यही छन ।
संघीयता खारेज हुनुपर्छ भन्नेहरू पनि त्यही छन ।
४ .नेपालको नागरिकताबारे नै गम्भीर विवादमा रहेका र सर्वोच्च अदालतमा मुद्दा खेपिरहेकाहरू पनि त्यही छन ।
५. हाम्रो लक्ष्य जबज हो भन्नेहरू पनि त्यहिं छन ।
६.होइन हाम्रो लक्ष्य समाजवाद हो भन्नेहरू पनि त्यहीं छन ।
त्यसैले यो एउटा खिचडी सरकारका रुपमा मुलुक समक्ष प्रस्तुत भएको छ । उनीहरूका साझा नीति र कार्यक्रम के हुन्छ ? उनीहरूले हाम्रो पार्टी प्रति, बाम एकता प्रति कस्तो नीति अपनाउने छन ति सबै कुरा हेर्न बाँकी नै छ ।
६.बर्तमान सरकार प्रति हाम्रो दृष्टिकोण
मुलुकमा कुनै न कुनै रूपको एउटा गठबंधनको सरकार बन्नै पर्ने थियो अहिले एउटा खिचडी सरकारले आकार लिएको छ ।
- यो पुनरुत्थानबादी, रहस्यपूर्ण, संघीयता विरोधी, जबजबादी र समाजवादीहरूको मिश्रित सरकार हो । यसमा नेपाली समाजलाई अघि लाने र पछि तान्ने दुवै प्रकारका शक्तिहरू छन ।
- मिहिनेत गरेको भए,दूरदर्शिता अपनाएको भए ,लचिलो भएको भए, एकअर्कालाई सम्मान गर्न सिकेको भए र आफ्ना गल्तीहरुलाई देख्न कोशिस गरेको भए र वाम शक्तिहरुबीच कार्यगत एकता गरौं भन्ने भावना समयमै भएको भए यति बेला मुलुकमा वामपन्थीहरुको साझा सरकार बन्ने थियो ।
- तर आफूलाई ठूला हौँ भन्ने पार्टीहरू भित्र रहेको दम्भ, घमण्ड, महत्वकांक्षा र तुलनात्मक रुपले साना पार्र्टीहरूको भूमिकालाई व्यवस्था गर्ने र पुनरुत्थानबादी र दक्षिणपन्थीसँग अगालो नहाली अगाडि बढ्न नसक्ने गलत दृष्टिकोण र अदुरदर्शिताका कारणले अहिले देशमा खिचडी सरकार बन्न पुगेको छ ।
- यो सरकारले गृहमन्त्रालय जस्तो सुरक्षाका निम्ति अत्यन्त संवेदनशील मन्त्रालयलाई सर्र्वाेच्च अदालतमा नागरिकता बारेमा नै मुद्दा खेपिरहेका व्यक्तिलाई सुम्पिएको थियो । आखिर सर्वोच्च अदालतको फैसला पछि रास्वपा नै सरकारबाट बाहिरिन पुगेको छ ।
- त्यसो हुनाले हामीले यो सरकारलाई आमरुपमा बिश्लेषणात्मक ढंगले हेर्नुपर्छ । त्यसले गर्ने सकारात्मक कामहरुलाई समर्थन गर्नुपर्छ र यसले गर्ने गलत कामहरूको आलोचना गर्नुपर्छ । त्यही हिसाबले हामीले १५ शर्त अघि सारेर यो सरकारलाई समर्थन दिदैँ हामी प्रतिपक्षमा बसेका छौँ ।
७. वामपन्थी एकताका बारेमा
आज मात्र होइन हिजै देखि आमजनता र मुलुकले माग गरेको कुरा हो बृहत वामपन्थी एकता ।
अहिले पनि बृहत वामपन्थी एकताकै जरुरत छ । तर कोही सानो ठुलोको मापदण्ड अपनाइ रहेका छन । कोही छुवाछुतको नीतिमा हिडि रहेछन त कोही बदला लिने भाबमा चलिरहेका छन । यी कुनै कुराको पनि आवश्यकता र औचित्य छैन र थिएन पनि । सबै वामपन्थीहरुका आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त छन । तिनीहरुमा भिन्नता पनि निक्कै गहिरा गहिरा छन । तिनीहरूलाई अहिले मिलाउन र एकरुपता कायम गर्न सकिँदैन । यतिबेला भिन्नताहरुलाई एकातिर राखेर साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प छैन । त्यसैले जनता, राष्ट्र र देशका साझा हितहरूलाई अघि वढाउन सबै वामपन्थीहरुका बीच कार्यगत एकता आजको आवश्यकता हो । हाम्रो पार्टी सधै वामपन्थी एकताको पक्षमा छ र रहनेछ । तर वर्तमान सरकारको स्थिति हेर्दा नीति निष्ठता र सिद्धान्तनिष्ठता माथि आधारित एकता देखिँदैन ।
८. पार्टी एकताका बारेमा
- यतिबेला हाम्रो पार्र्टीका बारेमा कहिले यो पार्र्टीसँग विलय हुने र कहिले त्यो पार्र्टीसँग विलय हुने हल्लाहरु चलिरहेका छन । सार्बजनिक मिडिया र छापा मिडियामा पनि यस्ता हल्लाहरु चलिरहेका छन । यसबारेमा के कुरा प्रष्ट पार्न जरुरी छ भने हाम्रो पार्टी यतिबेला कसैसँग विलय हुने पक्षमा पनि छैन, कसैसँग पार्टी एकता गरिहाल्ने स्थितिमा पनि छैन । हामीले सबै पार्र्टीहरूको हैसियत राम्ररी देखि रहेका छौं र अध्ययन गरिरहेका छौं । जब सम्म बैचारिक राजनीतिक कार्यदिशा,नीति र सिद्धान्तमा एकरmपता हुदैन,तब सम्म पार्टी एकता संभब छैन ।
- हामी कहिल्यै कसैसँग पनि एकता गर्दै गर्दैनौँ भन्दैनौँ । कम्युनिष्ट आन्दोलनको एकता, पार्टी एकता, एउटै एकिकृत कम्यूनिष्ट पार्टी निर्माण गर्नुपर्ने आवश्यकता आजको युगको आवश्यकता हो । नेपालको समाजवादी क्रान्तिको आवश्यकता हो । हामी सधै कम्यूनिष्ट एकताका पक्षमा छौं । तर कम्यूनिष्टहरु बीच एकता टाउको जोडेर हुँदैन, अङ्कमाल गरेर पनि हुँदैन, हात मिलाएर मात्र पनि हुँदैन, कुनै खास खास नेताहरुले चाहेर मात्र पनि हुँदैन । हामीले इतिहासमा धेरै तिता नमिठा अनुभवहरु भोगीसकेका छौं । कम्यूनिष्टहरmको बीचको एकता भनेको नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र विधिनिष्ठ एकता हो । यो निस्वार्थ एकता हो । नीति, सिद्धान्त र विधिमा एकरुपता छ वा हुन्छ भने फेरि पार्टी एकतालाई कसैले रोकेर रोक्न सक्दैन । नेकपा (माले) र नेकपा (एमाले)का अधिकांश कालमा हामीले यस्तै एकता कायम गरेका थियौं । ती एकताले पार्टी र आन्दोलनलाई सधै अग्रगति तीर लगेका थिए ।
- तर खास अवस्थामा केही खास नेताहरुका सनक वा लहड वा महत्वकांक्षाका आधारमा हठात गरिने एकताले कति दुखदायी परिणामहरू जन्मिन सक्छन भन्ने कुरा विगत ३ वर्षको अबधिमा नेपालका लाखौँ कम्यूनिष्ट र जनताले रोइ रोइ भोग्नुपरिरहेको छ । त्यस्ता कुराले हजारौं योद्धाहरुका जीवन बिल्लीबाठ हुने खतरा हुन्छ । हामीले त्यस्ता दुर्घटनाहरुबाट गहिरो शिक्षा लिनुपर्छ । पार्टी र पार्टी नेता कार्यकर्ताहरुलाई त्यस्ता दुखद परिणामहरmबाट बचाउनुपर्छ । हाम्रो एकता बैचारिक,राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक एकता हो । यस्तो एकताका निम्ति हामी सधैं तत्पर हुनुपर्छ । त्यस्तो संभावना देखिने वित्तिकै पक्रनु पर्छ र एकताको निम्ति अघि बढ्नुपर्छ । तर स्वार्थपूर्ण एकताका प्रस्ताबहरmबाट हामी हरबखत सर्तक हुनुपर्छ । नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र विधिनिष्ठ एकताका निम्ति भने हामीले सधै सक्रिय र दृढ बन्नुपर्छ ।
९.हाम्रा आगामी कार्यभारहरू
वर्तमान अवस्थामा समाजवादको स्पष्ट लक्ष्य लिएर अघि बढ्ने पार्टी हाम्रो पार्टी नै हो । यो पार्टीलाई वैचारिक र संगठनात्मक दुबै हिसाबले पुनर्गठित गर्दै नयाँ आट, हिम्मत र ठोस योजनाका साथ अघि बढ्नुको विकल्प छैन । यसका लागि हामीले निम्न कामहरु गर्दै अघि बढ्नुपर्छ ।
१.हामीले विगत १७ महिना देखि जुन पार्टी संगठन बनाई रहेका छौं, त्यो समग्र संगठन निमित्त र तदर्थ अवस्था रहेको छ । केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटि,पालिका कमिटी र वार्ड कमिटीहरू सबै नै नियुक्त गरिएका कमिटीहरू मात्र छन् । अब सकेसम्म चाँडो यो अवस्थालाई बदल्नुपर्छ र पार्टी र पार्टी कमिटीहरूलाई निर्वाचित र जन अनुमोदित पार्टी र पार्टी कमिटीहरूमारूपान्तरित गर्नुपर्छ ।
२. त्यसको निम्ति अब चाडै हामीले पार्टीको राष्ट्रिय महाधिवेशन आयोजना गर्नुपर्छ । पार्टीलाई जन अनुमोदित, संस्थागत र निर्वाचित पार्टीका रुपमा रूपान्तरण गर्नुपर्छ । अब राष्ट्रिय महाधिवेशनलाई केन्द्रीय कार्यभारका रुपमा लिएर सिंगो पार्टीलाई त्यसको तयारीमा केन्द्रित गर्नुपर्छ । तब मात्र पार्टी निर्माणको काम जनवादी केन्द्रीयताका सिद्धान्त अनुरूप अघि बढाउन सकिनेछ । पार्टी कमिटीहरूलाई कामकाजी, छरिता र ठिक्क आकारका बनाऔ ।
३.पार्टीको पुनर्गठनको काल देखि अहिलेसम्म अनुभवहरुको समग्र समीक्षा गरौ । आफ्ना गल्ती र कमजोरीहरूको निर्मम ढंगले उजागर गरौँ । हामीले गरेका सही र गलत कुरालाई पहिचान गरौं । हामी के कारणले राष्ट्रिय पार्टी सम्म पनि बन्न सकेनौ ? त्यसका वैचारिक राजनीतिक र सांगठनिक कारणहरु के हुन? तिनीहरूलाई पत्ता लगाउँ र त्यस्ता गल्ती कमजोरीहरू फेरि कहिल्यै नदोहोरिने संकल्प गरौँ ।
४.बर्तमन राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण गर्दै पार्टीका कार्यदिशा ,नीति,सिद्धान्त,कार्यक्रमरणनीति ,कार्यनीति र क्रान्तिको बाटोका बारेमा पार्टी व्यापी रूपमा ब्यापक बहस छलफल गदै महाधिवेशन तर्फ अघि बढौँ ।
५. तत्काल सबै स्तरका पार्टी कमिटीहरूलाईसकृय र गतिशील बनाऔँ ,तिनीहरmलाईआवश्यक काँटछाँट र पुनर्गठन गरौँ र तिनीहरूलाई क्रान्तिकारी वैचारिक र संगठनात्मक काममा अग्रसर पारौँ । सबै पार्टी सदस्यहरूको अभिलेख दुरुस्त बनाऔँ ।
६. पार्टीको कमिटी भित्र रहेका तर काम गर्न नसक्ने वा नचाहनेलाई उपयुक्त व्यवस्थापन गरौँ । सल्लाहकार वा परिषदमा लैजाऔँ ।
७. पार्टीमा माथिदेखि तलसम्म एक पद एक व्यक्ति प्रणाली कडाइका साथ लागू गरौँ र सबैलाई ठोस जिम्मेवारी मा केन्द्रित बनाऔ ।
८. पार्टीका कार्यशैलीमा व्यापक सुधार गरौँ । क्रान्तिकारी कार्यशैलीलाई नयाँ स्तरबाट पुर्नस्थापित गरौँ ।
९. पार्टीलाई आधारभूत वर्गका बीच लैजाऔँ र स्थापित गरौँ । भूमिहीन, गरिब, किसान, मध्यम किसान, श्रमिक वर्ग र निम्न पुँजीपति वर्ग तथा बुद्धिजीवीहरू बीच पार्टी कामलाई व्यापक रूपलेकेन्द्रितगरौँ । वर्ग आधारित पार्टी निर्माण गर्ने काममा सचेत रूपले लागौं ।
१०. नेपाली कम्युनिष्ट आन्दोलनमा यतिबेला व्याप्त भइरहेको सत्ताबाद ,कुर्सीबाद ,पदवाद ,लाभबाद , सम्झौतावाद, चाकडीबाद,कृपाबाद र अत्यन्तः पलायनबादको प्रबृतिहरुका विरुद्ध पार्टीव्यापी रुपमा वैचारिक संघर्ष र रुपान्तरणको अभियान सञ्चालन गरौं र पाटी पङ्क्तिलाई क्रान्तिकारी चेतना र दृष्ट्रिकोणले माथि उठाऔ ।
११. नेपाली कम्युनिष्ट आन्दोलनमा यतिबेला हावी भइरहेको दक्षिणपन्थी औसरवादको विरुद्ध वैचारिक ‐सैद्धान्तिक खण्डन र आलोचनाको देशव्यापी आधी सिर्जना गरौँ र सबै कम्युनिष्ट कार्यकर्ताहरुलाई दक्षिणपन्थी औसरवादको भ्रमबाट मुक्त पारौ ।दक्षिणपन्थी औसरबाद विरुद्धका एकपछि अर्को पुस्तिका र ग्रन्थहरु तयार पारौं र पार्टी पंक्तिलाई व्यापक प्रशिक्षण गरौँ । पार्टीको विकास र विस्तारका निम्ति वैचारिक संघर्ष मुख्य कडी हो भन्ने कुरालाई सधै मनमा राखौँ ।
१२. पार्टीका सबै बर्गीय संगठनहरुलाई सक्रिय गतिशील र जीवन्त बनाऔ । सवै वर्गीय संगठनहरुलाई निश्चित अवधिभित्र राष्ट्रिय सम्मेलनहरु सम्पन्न गर्ने र संगठनलाई संस्थागत रूपले अघि बढाउने वातावरण निर्माण गरौँ ।
१३.पार्टी भित्र हाम्रो रणनीतिक लक्ष्यका रूपमा रहेको नेपाली बिशेषताको समाजबादका बारेमा ब्यापक रूपले बहस शुरm गरौँ र महाधिबेशनमा पुगेर त्यस सम्बन्धि धारणालाई संस्थागत गरौँ ।
१४. बहुआयमिक क्षेत्रबाट वर्गसंघर्षको विकास गर्नुपर्छ । राष्ट्रियताको सवाल, शोषण उत्पीडन विरोधी संघर्ष, महिला हिंसा बिरुद्धको संघषर्, विभेदका विरुद्धको संघर्ष, अन्धविश्वास बोक्सी डायनी विरुद्धको संघर्ष, आस्था परिबर्तन.विरुद्धको अभियान, वातावरणको रक्षाका निम्ति अभियान, किसानका हितहकका संघर्षहरु, किसानलाई मल,बिउ,बित्त प्रविधि बैज्ञानिक सेबा,बजार सेवा उपलब्ध गराउने संघर्षहरू अघि बढाऔ ।
१५.हामीले सामन्तबाद कै कालमा अवशेषका रूपमा रहेका भाग्यवादी, अन्धविश्वासी, शक्तिवादी र भक्तिबादी कु‐संस्कृति र हाल तिब्रताका साथ फैलिरहेको दलाल पुँजीवादी भडुवा संस्कृतिका विरुद्ध तथा जनताको गरिबीबाट फाइदा उठाएर पैसाका आधारमा जनताको आस्था परिवर्तन गर्ने सांस्कृतिक अतिक्रमणका विरुद्ध व्यापक अभियान सञ्चालन गरौँ र जनताको क्रान्तिकारी राष्ट्रिय समाजवादी संस्कृतिको विकास गरौँ ।
१६. हामीले हाम्रा प्रचार र संघर्षहरmलाई संसद् भित्र र बाहिरबाट अझ संशक्त रmपले अघि बढाउनुपर्छ । संसदबाट जनता, राष्ट्र र देशका आवाजलाई जोडदार रूपले उठाउनु पर्छ । क्रान्तिकारी संसदबादको कार्यनीतिलाई संसदीय दलले दृढता र कुशलतापूर्बक लागु गर्नुपर्छ तब मात्र समाजबाद प्राप्तिका निम्तिको जनमत बनाउन सकिन्छ र पार्टीलाई पनि बलियो बनाउदै लान सकिन्छ ।
१७. हाम्रो समाज अहिले अर्धसामन्ती अवस्थाबाट पुँजीवादी अवस्थामा रूपान्तरित भएको छ । तर यो समाजमा दलाल पुँजीवाद हाबी भइरहेको छ । दलाल पूँजीवादी शोषण, उत्पीडन, षड्यन्त्र देशभरि फैलिँदै गएको छन् । ती शोषण, उत्पीडनका रूप र चरित्रहरू कस्ता छन्, तिनीहरूको गहन अध्ययन, विश्लेषण गर्ने र उनीहरूको भण्डाफोर अभियानलाई व्यापक पार्नुपर्छ ।
१८. दलाल पँंजीवाद यसरी शहर र गाउँ दुवै क्षेत्रमा हाबी हुँदै गइरहेको वर्तमान अवस्थामा आम जनता माथि शोषण र उत्पीडनका पुराना रुपहरुका ठाउँमा नयाँ रुपहरु विकसित भइरहेका छन । त्यसले समाजको वर्गीय संरचनामा पनि परिवर्तन ल्याईरहेको छ । यस कुरालाई ध्यानमा राखेर हामीले आ‐आफ्नो कार्यक्षेत्रको ठोस वर्ग विश्लेषण गर्नु जरुरी छ । ग्रामीण क्षेत्रमा यतिवेला रहेका धनि किसान, मध्यम किसान, गरिब किसान र भूमिहीन किसान मध्ये कुन वर्गको संख्या कति छ ? कुन वर्गको संख्या बढ्दैछ ? कुन वर्गको संख्या घट्दै छ ? यस कुरालाई हामीले बस्तुगत यथार्थका रुपमा निष्कर्षमा पुग्नुपर्छ । त्यसरी मात्र हाम्रो वर्ग नीति ठोस वस्तुगत यथार्थमा आधारित हुन्छ र ग्रामीण वर्ग संघर्षको विकास गर्न सकिन्छ ।
(सम्मानित नेता, क.झलनाथ खनालले कर्णाली प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा राख्नुभएका बिचार)
२०७९,फागुन १४ गते