दिनेश खरेल
काभ्रे । पेसागत महासंघ नेपाल काभ्रे र प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेको जिल्ला अधिवेशन सम्पन्न भएको छ। पेसागत महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रेमल कुमार खनालको अध्यक्षतामा पेसागत महासंघ नेपाल काभ्रेको चौथो र प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
बनेपामा भए जिल्ला अधिवेशनले राम प्रसाद बडालको अध्यक्षतामा १७ सदस्यीय पेसागत महासंघ नेपाल काभ्रेको जिल्ला कार्य समिति चयन गरेको छ।
उपाध्यक्षद्वय खुमराज केसी र महिला उपाध्यक्ष शान्ति तामाङ, सचिव रमिला श्रेष्ठ, सहसचिव कृष्णराज श्रेष्ठ, कोषाध्यक्ष सरिता लामा र सदस्यहरू बोध कुमारी तामाङ ,परमात्मा पराजुली, योगेश लम्साल, शान्ति दनुवार ,गंगाराम ठकुरी ,रन्जु पराजुली, सञ्जिव भण्डारी, प्रमिला बराल , डाक्टर सन्तोष गौतम, नारायण विष्ट ,निर्मल राज गौतम, भिमसेन केसी चयन हुनुभएको छ।
यस्तै प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा प्रेम बहादुर बस्नेतको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति चयन भएको छ।रमेश प्रसाद लम्साल उपाध्यक्ष, महिला उपाध्यक्ष रेश्मा थापा , सचिव कान्छा मान तामाङ ,सह सचिवद्वय श्याम बहादुर तामाङ र उजेली वाइवा , कोषाध्यक्ष प्रल्हाद दाहाल सह-कोषाध्यक्षमा सुनमाया योन्जन चयन हुनुभएको छ।
पेसागत महासंघ नेपालको जिल्ला अधिवेशनमा काभ्रे जिल्ला पार्टी ईन्चार्ज टोक बहादुर वाइवा , जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईं , जनवर्गीय संगठनहरुबाटअनेरास्ववियूका केन्द्रीय सदस्य बदन कुमार भण्डारी, युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाह , अनेमसंघ जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पासाङ डोल्मा तामाङ, पेसागत महासंघ नेपाल काभ्रेका जिल्ला अध्यक्ष लगायतले सम्मेलनको सफलताको साथै नवनिर्वाचित समितिका सदस्यहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो।