काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) प्रदेश १ कमिटी, पार्टी स्कुल बिभाग द्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रम मोरङ जिल्ला अवस्थित लेटाङमा प्रारम्भ भएको छ। फाल्गुन ६ गते प्रारम्भ भएको प्रशिक्षण ९ गते सम्म चल्ने बताईएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नु भएको उक्त प्रशिक्षण कार्यक्रममा प्रदेशको १४ जिल्ला मध्ये संघीय निर्वाचन छेत्र १ भएको जिल्लाबाट ३ जना ,दुई निर्वाचन छेत्र भएको जिल्लाबाट ४ जना र त्यो भन्दा बडी निर्वाचन छेत्र भएको जिल्ला बाट ५ जना नेताहरू सहित अन्य जनसंगठन बाट गरेर ७० जना नेताहरू उक्त प्रशिक्षणमा भाग लिइरहेका छन् ।
प्रशिक्षणको उदेश्य , जिल्ला जिल्लाबाट प्रशिक्षार्थी रुपमा भाग लिनुहुने नेताहरुले जिल्ला जिल्लामा प्रशिक्षकको रुपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी पार्टीको कामलाई गति दिनु पर्ने बताईएको छ । प्रशिक्षणको पहिलो दिन समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति पार्टी अध्यक्ष माधवकुमार नेपाल ,पार्टी महासचिवबेदुराम भुसालः संगठनात्मकसिद्धान्त तथा पार्टी अभियान, पूर्व प्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीका मार्ग निर्देशक सिद्धान्त तथा अबको बाटो विषयमा प्रशिक्षण गर्नु भएको थियो ।
यस्तै प्रशिक्षक प्रशिक्षण कार्यक्रमको दोश्रो दिन उपाध्यक्ष तथा पार्टी स्कुल प्रमुख प्रमेश हमाल दक्षिणपन्थी विसर्जनवाद र पार्टी पुनर्गठनको औचित्य , केन्द्रीय सदस्य तथा पार्टी स्कुल विभाग सचिव अशेष घिमिरे पुजींबादी प्रभुत्व र समाजवादी कार्यदिशा, पार्टी सचिवालय सदस्य घनश्याम भुसाल नेपाली समाजको रूपान्तरणका लागी समाजवादी कार्यदिशा विषयमा प्रशिक्षण दिनु भयो। प्रशिक्षणमा अन्तरक्रियात्मक रुपमा सम्पन्न गरिएको थियो। त्यस पश्चात ८ समुह निर्माण गरि प्रत्येक समुहलाई हाम्रो पार्टीका बिभिन्न दस्तावेजहरूकाफरक - फरक श्रीषक अन्तर्गत गृह कार्य प्रदान गरिएको थियो ।
प्रशिक्षणको तेस्रो दिन कम्युनिस्ट पार्टी र वैज्ञानिक ज्ञान प्रणाली दर्शनशास्त्री डा. खगेन्द्र प्रसाईं , मार्क्सवादी आलोकमा परदेशको सांस्कृतिक प्रथा र रूपान्तरणका मुद्दाहरू पर्देश पार्टी स्कुल विभाग सचिव डा.दिवाकर रेग्मीले सहजिकरण गर्नु भएको छ भने समुह कार्यबाट आएको निचोड समूह कार्य मार्फत समुूह प्रस्तुती रहने केन्द्रीय सदस्य तथा पार्टी स्कुल विभाग सचिव अशेष घिमिरेले बताउनु भयो ।