सुनसरी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान स्थितिमा आफ्नो पार्टी कसैसँग एकता गरिहाल्ने पक्षमा नरहेको बताउनु भएको छ ।
शनिबार इटहरीमा प्रदेश कमिटी अन्तर्गत गठित मोर्चा संगठनद्वारा आयोजित एकदिने प्रशिक्षण तथा प्रदेश १४ वटै जिल्लाका पार्टी इन्चार्ज तथा अध्यक्ष, मोर्चा संगठनमा आबद्ध सबै तहका इन्चार्जहरुको सहभागिता रहेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले देशको वर्तमान राजनीतिक स्थिति र अन्तराष्ट्रिय परिस्थितिबारे उल्लेख गर्दै वर्तमान सरकार देश र जनताप्रति उत्तरदायी नभएको बताउनु भयो ।
दुईतिहाइको बाम सरकार हुँदा गर्न सक्ने थुप्रै काम बर्बाद पार्ने केपी शर्मा ओली नामका मान्छे भएको बताउँदै उहाँले एमाले पार्टी दक्षिणपन्थी अवसरवादको एजेन्ट बताउनु भयो ।
कांग्रेस र माओवादी सत्ता लिप्सामा मरिहत्ते गर्ने सिद्धान्त भ्रष्ट भएको भन्दै नेता खनालले बिदेशीको इसारामा नाच्दै सत्ता सुविधा पड्काउने दाउमा रहेकाले राजनीतिक गद्दारी गरेको भन्दै स्थानीय ,प्रदेश र संघको चुनावमा गठबन्धन गर्दा नेकपा एकीकृत समाजवादीलाई कांग्रेस र माओवादीले धोका दिएको बताउनु भयो । नेकपा एकीकृत समाजवादी छुट्टै र सिद्धान्त निस्ठ पार्टी हो ।’ समाजवादको यात्रामा आफ्नो पार्टी अडिग रहेको नेता खनालको भनाइ थियो ।
तमाम कार्यकर्ताले सङठन मजबुत पार्नु पर्ने, दक्षिण पन्थी अवसरवादीको भ्रम चिर्नु पर्ने , बुर्जुवा र ढुलमुले शक्तिको रुपमा उदाएका पुरातन पन्थी सोचका गतिबिधीहरुसञ्चालन गर्ने पार्टीको भन्डाफोर गर्दै युवा ,बिध्यार्थी,महिला,दलित,किसान,कर्मचारी सबै तह तप्काले व्यापक सङठन बनाएर कम्युनिस्ट पार्टीमा सच्चा पार्टी आफ्नो भएको स्थिति निर्माण गर्न भूमिका खेल्नु जरुरी रहेको बताउनु भयो।
पार्टी प्रदेश सदस्य खगेन्द्र ओलीले सञ्चालन र प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले पार्टिकोकेन्द्रीय नीति र प्रदेश स्तरमा गर्नु पर्ने तत्कालीन र दीर्घकालीन कामको बारेमा निर्देशनात्मक भाषण गर्नु भयो। मोर्चा सगठन प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्यकेशवबिस्टलेपार्टीको निर्देशन अनुसार आगामी जेठ सम्ममा अधिवेशन गरि सक्नु पर्ने तमाम कामको फेहरिस्त बताउँदैसङठनमाआबद्दहरुको दायित्व बोध ,प्रदेश,जिल्ला,पालिका,वडा लगायत सबै तहमा सङठनबिस्तार ,मोर्चासग्ठनकोबृद्दीबिकास,जनसङठन र परिचालनका रचनात्मक कामहरु लगायतका बिसयमा नेता कार्यकर्ताहरु सजग हुनु पर्ने बताउनु भयो।
पार्टिमा मोर्चा सङठनका केन्द्रीय इन्चार्ज बिजय पौडेल , पेशागत महासङ प्रदेश तर्फका इन्चार्ज हिक्मत बस्नेतले बिसयगत मुद्दामा प्रशिक्षण दिनु भएको थियो । पार्टीलाई अरु कम्युनिस्ट भन्दा राम्रो बनाउने र आगामी दिनमा जनताको लागि सच्चा सेवक हुनका लागि फागुन ६,७ ,८ र ९ गते सम्म प्रशिक्षक प्रशिक्षक प्रसिक्षण कार्यक्रम हुने जानकारी पनि केन्द्रीय सद्स्यबिस्टले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत अनेरास्वबियूले चैत ५ मा निर्बाचन,रक्त्दान ,खेल्कुद,हाजिरी जबाफ,जनहितमा जारी हुने याबत बिसय लगायत पाख्रीबासमा हुने राजनितिक प्रशिक्क्षण बारे बताउनु भएको थियो। पार्टिमा २२ वटा मोर्चा सङठन सक्रीय भएको र प्रदेश १ मा १२ वटाको मात्र अस्तित्व रहेको भन्दै बिस्टलेउपस्थित महिला,दलित,युवा,बिध्यर्थी,किसान,कर्मचारी,पत्रकार,ब्यपारी,सुरक्षाकर्मी,खेलाडी,स्वास्थ्य कर्मी,शिक्षक,मजदुर लगायत सबै तह हेर्ने उत्साहित कमरेडहरुलाई पार्टी सन्फठन बिस्तारमा ड्टेर लाग्न हौसला दिनु भएको थियो।