दिनेशराज खरेल 
म ,यो देशको नागरिक हुँ कि होइन
प्रश्न छ ।
यो देश , देशका नागरिकको लागि हो कि होइन ? 
यो पनि प्रश्न छ । 
म  ,यो भूमिमा बाँच्न पाउने कि नपाउने ? 
फेरि, प्रश्न छ ।
तर , यो राज्य ,
यो सरकार, 
अनि यो विधि र व्यवस्थाले के भन्छ ? 
उसैलाई प्रश्न छ। 
मलाई लाग्छ ! राज्यले मलाई बाँच्न दिदैन ।
मलाई थाहा छ।
उ सिंहदरबारमा बसेर,
 मलाई आत्महत्या गर्न दुरुत्साहन गर्दै छ। 
उ प्रति मेरो कुनै गुनासो छैन किनभने
उ राज्य हो । 
उ सरकार हो। 
उ विधि हो ।
उ व्यवस्था हो ।
उसलाई कुनै प्रश्न गर्न पाईदैन । 
मैले प्रश्नको जवाफ खोजे भने
मुख टालिदिन्छ - छानबिन आयोग बनाएर । 
त्यसैले मैले उसलाई कुनै प्रश्न गर्न छोडी सकेको छु ।