इटहरी ।
नेकपा एकीकृत समाजवादी सुनसरीको बैठक सम्पन्न भएको छ । बिहीबार सदरमुकाम इनरुवामा बसेको पार्टीको पूर्ण बैठकमा जिल्ला अध्यक्ष गोविन्द निरौलाले अब पार्टी चुस्त दुरुस्त र चलायमान बनाइ बढी भन्दा बढी सङठन निर्माण तर्फ लाग्नु पर्ने अवस्था आएको बताउनु भयो।
बैठकमा प्रदेश कमिटी उपाध्यक्ष धर्मराज निरौलाले केन्द्रीय तहबाट आएको राजनीतिक निर्देशनलाई तल्लो तहका नेता कार्यकर्ताले समेत कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । पार्टी र सङठनका खातामा मात्रै नाम देखिने तर व्यवहारमा काम काज नगर्ने ,बैठकमा नआउने ,घण्टी ,लौरो तिर भोट हाल्ने अनि पार्टी अनुशासन बाट भड्किएर विभिन्न पदको टिकट समात्दै अरु पार्टीको उम्मेद्वार बन्ने र बन्न सघाउने जति सबैलाईछानविन गर्ने र कारबाही प्रकृयामा लैजाने उपाध्यक्ष निरौलाको भनाइ थियो। पार्टी केन्द्रीय कमिटी उपाध्यक्ष तथा प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले नीति सिध्दान्त र व्यवहार मिल्ने अवस्था नदेखिए सम्म खास गरि एमाले पार्टी सँग एकताको कुरो निक्कै पर रहेको भन्दै गठबन्धन गरेर चुनाब लड्दा काङ्ग्रेस र माओवादीबाटधोक्का बताउनु भयो । बैठकमा निर्वाचन क्षेत्रगत रुपमा साङ्गठनिक जिम्मेवारी पाएका नेताहरुलेसमिक्षात्मक टिप्पणी सहित रिपोर्टिङ गर्नुभएको थियो ।
पार्टीको केन्द्रीय कमिटीको पत्र अनुसार जेठ महिना सम्ममा जिल्ला अधिवेशन गरेर नयाँ कमिटी बनाइ अघि बढनु पर्ने भएकोले जिल्लाका उपमहानगर ,नगर,पालिका र वडा तहमा अवस्थित सबै सङठन र नेतृत्वले ब्यापक सकृयतादेखाइ नयाँ कमिटी फर्मेशन गर्न लाग्नै पर्ने तालिका सहितको निर्देशन केन्द्रीय नेताहरुबाट प्रस्तुत गरिएको थियो।
बैठकले पार्टी कमिटीका सबै खाले जन सङठनकाइन्चार्जहरु र पार्टी कमिटी तर्फका उपमहानगर ,नगर,पालिका र वडा तहका सबै इन्चार्जहरु हटाइएको बताईएको छ । अब अधिवेशन गरेर नयाँ आउने कमिटीलाईआबस्यक्ता अनुसार इन्चार्ज वा विभागब्युँताउनसकिने अध्यक्ष निरौलाले बताउनु भयो। बैठकमा केन्द्रीय नेताहरुकेशवबिस्ट ,केशबतिम्सिना ,पितम्बरतिम्सिना ,गौरिमान परियार ,जिल्ला इन्चार्ज महफुज आलम लगायत नेताहरुकोउपस्थिति रहेको थियो।
सोही सन्दर्भमा सुनसरीको दक्षिण तर्फ जनप्रिय बाम नेताको रुपमा स्थापित एमाले पार्टिका जिल्ला नेता ताहिर अन्सारी नेकपा एकीकृत समाजवादीमा प्रबेश गर्नु भएको थियो । उहाँसँगै थुप्रै नेताहरू समेत एकीकृत समाजवादीमा समाहित हुनुभएको छ । उहाँलाई पार्टीका प्रदेश इञ्चार्ज सहितका नेताहरूले स्वागत गर्नु भएको थियो ।