काठमाडौँ । नेकपा (एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले चाडपर्वहरूले हाम्रा परम्परागत मौलिक संस्कृतिहरूको जगेर्ना गर्ने गरेको बताउनु भएको छ ।
मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता खनालले यो सिंगो नेपाल जोड्ने पर्व भएका बताउनु भएको हो । माघे संक्रान्ति हिमाल, पहाड र तराईका जनताको साझा पर्व भएको भन्दै उहाँले
माघे संक्रान्ति परम्परागत रूपमा मनाउँदै आएको महत्त्वपूर्ण पर्व भएको भन्दै शुभकामना सन्देशमा भनिएको छ ‘नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।
यहाँ विभिन्न समुदायका जनताले आफ्ना मौलिक चाड पर्वहरू र संस्कृतिलाई संरक्षण गर्नको लागि आफ्नै रीति र परम्परा अनुसार मनाउँदै आएका छन्,’ ‘मकर संक्रान्ति तथा माघी पर्वपनि विभिन्न जातजातिका समुदायले परम्परागत रूपमा मनाउँदै आएको एउटा महत्त्वपूर्ण पर्व हो । माघे संक्रान्ति हिमाल, पहाड र तराईका जनताको एउटा साझा पर्व हो । यो पर्व उँधौली र उभौलीको सीमा पनि हो ।’
उहाँले चाडपर्वहरूले हाम्रा परम्परागत मौलिक संस्कृतिहरूको जगेर्ना गर्ने गरेको पनि बताए । ‘यस्ता चाडपर्वले हाम्रा परम्परागत मौलिक संस्कृतिहरूको जगेर्ना गर्नेछ र एकआपसमा पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्नेछ,’ सन्देशमा भनिएको छ ।
मकर संक्रान्ति तथा माघी पर्वको हार्दिक शुभकामना !!!
मकर संक्रान्ति तथा माघी पर्व २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ विभिन्न समुदायका जनताले आफ्ना मौलिक चाड पर्वहरू र संस्कृतिलाई संरक्षण गर्नको लागि आफ्नै रिति र परम्परा अनुसार मनाउँदै आएका छन् । मकर संक्रान्ति तथा माघी पर्वपनि बिभिन्न जातजातिका समुदायले परम्परागत रुपमा मनाउँदै आएको एउटा महत्वपूर्ण पर्व हो । माघे संक्रान्ति हिमाल, पहाड र तराईका जनताको एउटा साझा पर्ब हो । यो पर्व उधौली र उभौलीको सीमा पनि हो । यस्ता चाडपर्वले हाम्रा परम्परागत मौलिक संस्कृतिहरुको जगेर्ना गर्नेछ र एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्नेछ । अन्त्यमा, पुनः एकपटक मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा सम्पुर्णमा म हार्दिक शुभकामना व्यक्त गर्दछु ।
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री
तथा
सम्मानित नेता,नेकपा (एकीकृत समाजबादी)