काठमाडौं, असोज ४
नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा संघीय सांसद पार्वती विसुङ्खेले संघीय संसद्को ५ वर्षको अवधि आफ्नो लागि विश्वविद्यालय भएको बताउनु भएको छ ।
सांसद विसुङ्खेले संघीय संसद्को अन्त्य भएको दिन आफ्नो सामाजिक सञ्जालमा त्यस्तो प्रतिकृया दिनु भएको हो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा “संघीय संसद् ( प्रतिनिधिसभा ) मेरा लागि विश्वविद्यालय भन्दै आफूले ज्ञान आर्जन गरेका कुराहरूलाई ५ वटा बुँदामा उल्लेख गर्नुभएको छ ।
जसमा उहाँले लेख्नु भएको छ “जहाँ मैले धेरै विषय सिक्न पाएँ । आवाज र पहुँच विहीनको सवाल निर्धक्क भएर उठान गर्न पाएँ । राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिलाई नजिकबाट नियाल्न पाएँ । नेता र नेतृत्वसंग नजिक बसेर काम गर्न पाएँ । नीति बनाउन र विकास गर्न गराउँन पाएँ । ”
यो महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग गर्नु हुने सम्पूर्ण दैलेखी आमाबुवा, दिदीबहिनी, दाजु भाई , बालसखा, शुभचिन्तक, ईष्ट मित्र, गुरु, पत्रकार, कर्मचारी, श्रमिक वर्ग, धार्मिक संघसंगठन सबैलाई साधुवाद र म आवद्ध पार्टी र नेताहरूलाई धन्यवाद समेत दिन चाहन्छु उहाँले लेख्नुभएको छ “जनताको विश्वास नै मेरो आत्मबल हो ” ।