काठमाडौं असोज १
नेपाल नेवा राष्टिय संघ (समाजवादी) को केन्द्रीय अध्यक्षमा माइलाबावु द्योला चयन हुनु भएको छ । शनिबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको भेलाले द्योलाको अध्यक्षतामा एक सय एघार सदश्यिय केन्द्रीय कमिटी गठन भएको छ ।
नवगठित समतिको वरिष्ठ उपाध्यक्षमा मदनकाजी श्रेष्ठ उपाध्यक्षहरुमा जयकुमार श्रेष्ठ,गोपाल श्रेष्ठ,उशा वज्राचार्य,याम श्रेष्ठ, यसोदादेवि श्रेष्ठ र अमला श्रेष्ठ चयन हुनु भएको छ भने समितिको उपमहासचिवमा प्रभाचन्द्रलाल श्रेष्ठ र सचिवमा विकला श्रेष्ठ,कल्पना श्रेष्ठ, सुसान्त .डंगोल,कमला श्रेष्ठ ,हरीगोपाल प्रधानांग र लक्ष्मी श्रेष्ठ चयन हुनुभएको छ भने कोषाध्यक्षमा नारायण श्रेष्ठ चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका विशेष अतिथि नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य नागेन्द्र चौधरीले सफथ ग्रहण गराउनु भएको थियो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य भविसोर पराजुली, विशिष्ठ अतिथि चौधरी सहित पार्टीका अनुशाषन आयोगका सदस्य अष्ठनागरायण डंगोल,नेपाल आदिवासी जनजाति घटक इञ्चार्ज रामचन्द्र बल, जनजाति महासंघ समाजवादीका महासचिव वज्रकुमार राई, पार्टीका काठमाडौं अध्यक्ष एल.पी श्रेष्ठ र उपाध्यक्ष ओमकुमारी श्रेष्ठ लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।