धनगढी भदौ ३०
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) को सुदूरपश्चिम प्रदेश को प्रथम सम्मेलन सम्पन्न भएको छ । बुधबार सुदूरपश्चिमको धनगढी स्थित नेकपा ( एकीकृत समाजवादी ) को पार्टी प्रदेश कार्यालयमा सम्पन्न भएको सम्मेलनमा प्रमुख अतिथि पार्टी का केन्द्रीय सदस्य तथा प्रदेश पार्टी सचिव दिनेशचन्द्र सुवेदीले सेना र प्रहरीहरूले राष्ट्र को सेवा गरेर निवृत्त भएर पनि आफूले पाएको जिम्मेवारी इमादार साथ गर्नु हुन्छ ।
प्रथम र द्वितीय विश्वयुद्धमा नेपाली सेनाले नेपाललाई विश्वमा चिनाउन ठूलो बहादुरी कमाएको भन्दै हाम्रो पार्टीको जनसंगठन मा पनि यहाँहरूले त्यो अनुभव ज्ञान शिप र इमानदारीप्रर्दशन गर्दै अन्तर्राष्ट्रिय मुलुक र नेपाली जनताको प्यारो पार्टीमा भूपू सैनिक तथा प्रहरी संगठन ले फेरी पनि राम्रो काम गर्दै जनताको मन र भावना जित्नहुन अनुरोध गर्नुभएको थियो ।
विशेष अतिथिहरूमा पार्टीका केन्द्रीय परिषद सदस्य तथा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) का केन्द्रीय अध्यक्ष धनबहादुर कार्कीले निर्वाचित समितिलाई सपथ ग्रहण गराउनुको साथै महत्त्व पूर्ण निर्देशन दिनु भएको थियो । आफ्नो धारणा राख्दै हामी किन नेकपा ( एकीकृतसमाजवादी ) पार्टी नै रोज्यौ त ? हामी राजनीतिमागोलबन्द हुनुको उद्देश्य र औचित्य के छ भन्ने कुरा जानकारी गराउनुको साथै नेपालमा एकीकृत समाजवादी पार्टीले मात्र भूपूहरूको हक हित को लागि काम गर्ने बताउनु भयो ।
विशेष अतिथि केन्द्रीय महासचिव हरिशरण गिरीले सांगठनिक संरचना विधान तथा आर्मी प्रहरीको लागि आफ्नो जिम्मेवारी अनुसार काम गर्दै सबैको हित हुने काम यो संगठन ले गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
भेलाले गणेश ब रावल को अध्यक्षतामा २१ सदस्यीय नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) को सुदुरपश्चिम प्रदेश कमिटी समेत निर्माण गरेको छ । नवगठित समितिको उपाध्यक्षहरूमा कालु सिंह साउद र हर्क बहादुर खड्का सचिवमा कमल पौडेल रहनु भएको छ ।
बैठकले आगामी ३० दिन भित्र ९ वटै जिल्ला कमिटी गठन गरिसक्ने र सबै जिल्ला कमिटी बैठक गरी सदस्यता वितरण गर्ने निर्णय गरेको बताईएको छ । कार्यक्रममा प्रदेश इन्चार्ज र प्रदेश अध्यक्षले संगठनको सदस्यता वितरण प्रारम्भ गर्नु भएको छ। भेलाले कञ्चनपुर जिल्ला कमिटी समेत गठन गरेको छ ।
भेलाले कालु सिंह सावदकोअध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ भने उपाध्यक्षमा हर्क खड्का र हरी सिंह एडी सचिवमा बल बहादुर चुनार र कोषाध्यक्षमा शंकर बहादुर सावद निर्वाचित हुनुभएको छ । त्यसै गरी कैलाली जिल्ला कमिटीमा शेर बहादुर कठायतको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन भएको छ । भेलाले बाजुरा जिल्लाको संयोजकमा चेत थापा र दार्चुला जिल्लको संयोजकमा विष्णु हुम्ली चयन हुनु भएको छ ।
भूपू सैनिक तथा प्रहरी संगठनको हाल सम्ममा एक बटा महानगरपालिका ८ बटा प्रदेश कमिटी गठन भएको छ भने २९ जिल्ला कमिटी ११ आयोजक कमिटी १६ नगर पालिका सहित विभिन्न वडाहरु समेत गठन भई सकेको छ।
कार्यक्रमको अध्यक्षता भूपू सैनिक तथा प्रहरी संगठनका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डम्मर बाहादुर लुहारको अध्यक्षतामा भएको थियो ।