बिर्तामोड ,भदौ २२
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशको निर्वाचनलाई लक्षित गरेर नेकपा ( एकीकृतसमाजवादी ) झापाले जिल्लाको पाँचवटै क्षेत्र सहित सबै प्रदेश निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकेको छ ।
जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा र पोलिटब्युरो सदस्य भाष्कर काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न सचिवालय बैठकले पाँचवटै क्षेत्र र प्रदेश सभा निर्वाचनको निम्ति जिम्मेवारी तोकेको हो ।
क्षेत्र नम्बर १ को संयोजकमा भाष्कर काफ्ले र सचिवमा ज्ञानेन्द्र ढुङ्गाना, क्षेत्र नम्बर २ को संयोजकमा प्रत्युष राणा र सचिवमा तीर्थ सिग्देल, क्षेत्र नम्बर ३ को संयोजकमा पदम सुब्बा र सचिवमा ताला मुर्मु, क्षेत्र नम्बर ४ को संयोजकमा ज्ञानेन्द्र निङलेकु लिम्बू र सचिवमा इश्वरी राज दाहाल, क्षेत्र नम्बर ५ को संयोजकमा तुलसी निरौला र सचिवमा होमबहादुर बराल छन् ।
त्यस्तैं , क्षेत्र नम्बर १ अन्तगर्त प्रदेश ( क ) मा संयोजकमा एन के कट्टेल र सचिवमा हेमन्त नेपाल, ( ख ) मा संयोजकमा पर्शुराम शंकर र सचिवमा प्रदीप धिमाल, क्षेत्र नम्बर २ को प्रदेश ( क ) को संयोजकमा होम दुलाल र सचिवमा इन्द्र निरौला, ( ख ) को संयोजकमा देब राज भण्डारी र सचिवमा कृष्ण बिष्ट रहनु भएको छ ।
क्षेत्र नम्बर ३ ( क ) को संयोजकमा ओमनाथ नेपाल र सचिवमा देउधन राई, ( ख ) को संयोजकमा चेतानन्द निरौला र सचिवमा टीका पौडेल, क्षेत्र नंम्बर ४ ( क ) को संयोजकमा शान्तिराम न्यौपाने र सचिवमा ताराप्रसाद गौतम, ( ख ) को संयोजकमा पूर्ण श्रेष्ठ र खेमराज मैनाली, क्षेत्र नम्बर ५ ( क ) को संयोजकमा खगेन्द्र बाराकोटी र सचिवमा नारायण राजवंशी, ( ख ) को संयोजकमा भीम दाहाल र सचिवमा केशब दाहाल रहनु भएको छ ।