ओखलढुंगा भदौ २२
नेकपा ( एकीकृतसमाजवादी ) का नेताहरूलेचिन-अमेरिका द्वन्द्वले नेपाल युक्रेन बन्न सक्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जिल्ला स्तरीय प्रशिक्षणमा सम्बोधन गर्दै नेताहरूले विश्व एक धुव्रीय शक्तिबाट बहु ध्रुवीय द्वन्द्वमा गएकाले नेपाल जोखिममा रहेको औंल्याएका हुन् ।
विश्वमा पूँजीवादी र समाजवादी शक्तिबीच टकराव बढ्दै गएको उनीहरूको निष्कर्ष छ । नेकपा ( एकीकृत समाजवादी ) का केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ इन्चार्जघनेन्द्र बस्नेतले कार्यकर्ता प्रशिक्षणमा भन्नुभयो , ‘चिन-अमेरिका द्वन्द्वको प्रभाव देखिने अवस्थामा पुगिसक्यो, चीन अमेरिका द्वन्द्वले विश्वयुद्ध निम्त्याउन सक्छ ।’ बस्नेतले नेपाल युक्रेन बन्न सक्ने खतरा रहेकाले नेपाल कुनैको पक्षमा देखिन नहुने, एक चीन नीति अमेरिका पछि हटेकाले द्वन्द्व बढिरहेको बताउनु भयो ।
उहाँले राष्ट्रिय पूँजीको निर्माण गरेर समाजवादी यात्रामा अघि बढ्ने पार्टीको तात्कालिक कार्यनीति रहेको बताउनु भयो । पार्टीको मार्ग दशर्क सिद्धान्त माक्र्सवाद ,लेनिनवाद र लक्ष्य समाजवाद रहेको प्रष्टयाउँदै बस्नेतले नेता होइन नीति केन्द्रित, विचारबाट चल्ने पार्टी एकीकृत समाजवादी भएको भन्दै पार्टी निर्माण र चुनाव बढी भन्दा बढी भोट ल्याउने कार्ययोजनाका साथ अघि बढ्न निर्देशन दिनुभयो ।
पोलिटब्युरो सदस्य तथा प्रदेश १ अध्यक्ष बलदेव चौधरीले पार्टीका नेता कार्यकर्ताहरू सक्षम बन्न आफूमा भएको क्षमताको उपयोग गरेर मेहेनति बन्नुपर्ने बताउनु भयो । उहाँले आत्मविश्वासका साथ उत्पादनका काममा जुट्नु पर्नेमा जोड दिनुभयो । सरकारले सबै वर्गको आर्थिक हैसियत समान हुने गरि नीति तथा कानुन निर्माण गर्नु पर्नेमा जोड दिनुभयो । प्रशिक्षण चौधरीले भन्नुभयो ‘शैक्षिक क्षेत्र डामाडोल भएका छन्, कम्युनिष्ट सरकारले सुर्धान नीति ल्याउँछ, विकास बजेट समान रूपले वितरण गर्छ भन्ने आश थियो, केपी ओलिले सबैलाई समाप्त पार्न लागेकाले विद्रोह गर्नु परेको हो, अव यी काम हामीले गर्नु पर्छ ।’ कार्यकर्ताहरूलाई उच्च मनोबलसहित काममा खट्न र अरु पार्टी भन्दा फरक व्यवहार देखाउन आग्रह गर्नुभयो ।
अर्का पोलिटब्युरो सदस्य बबी चाम्लिङले स्थानीय कमिटी परिचालन गरेर पार्टीलाई चुनाव लक्षित गतिविधिमा केन्द्रित गर्न आग्रह गर्नुभयो । स्थानीय तह सरकारकै रुपमा काम गर्ने भएकाले समन्वय र सहकार्य गर्दै गतल प्रवृत्ति विरुद्ध खबरदारी गर्न उहाँको सुझाव छ ।
जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षणमा केन्द्रीय सदस्य, जिल्लाका पदाधिकारीहरु तथा जिल्ला कमिटी र पालिका कमिटीका सदस्यहरु सहभागी थिए । उम्मेदवार सिफारिस गरिरहेको भन्दै जिल्ला नेताहरूले गठबन्धनमा कम्तिमा एक जिल्ला एक सिट लिएर मात्रै गर्न नेताहरुलाई सुझाव दिएका छन् । यसबारे गम्भीर छलफल भइरहेको उपाध्यक्ष बस्नेतलेकार्यकर्ताहरूलाई बताएका थिए ।