बुटवल ,भदौ १९
युवा संघ नेपालद्वारा आयोजित महाकाली मेची युवा जागरण अभियान आज दाङको लमही कपिलवस्तुको चनौताजित्पुरहुदै बुटवलको जितगढी पुगेको छ ।
आइतबार बिहान ७ बजे देखि सुरु भएको अभियानलाई जिल्ला स्थित युवा संघ नेपालले भव्य स्वागत गरेको थियो । सयौँकासङ्ख्यामामोटरबाइक र्यालीका साथ स्वागत गरेका साथै सांस्कृतिक कार्यक्रम नृत्य समेत प्रस्तुत गरिएको थियो । अभियानमा केन्द्रीय अभियान टोलीका सदस्यहरू बिना विश्वकर्मा , सुवर्ण दुलालले पार्टी र युवा संघका गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरूको रुपमा युवा संघका नेताहरू भाइ कृष्ण बलामी, हरिस गिरि, प्रेमा लामा, जेवि रानाले सम्बोधन गर्नुभएको थियो । बुटवलको विशाल कोण सभालाई नेकपा ( एकीकृत समाजवादी ) लुम्बिनी प्रदेशका सचिव राजु गुरुङ र युवा इन्चार्ज दिलु पन्तले सम्बोधन गर्नुभएको संघका प्रवक्ता सन्जिप राईले बताउनु भयो । सचिव राजु गुरुङ एमाले प्रभावशाली नेता विस्नु पौडेलका प्रतिस्पर्धिका रुपमा गठबन्धनका सम्भावित उम्मेद्वार हुन ।
‘राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको थालनी गरिएको छ । जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको युवा संघले जनाएको छ ।
‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ भन्ने नाराका साथ युवा संघका अध्यक्ष नरेश शाहीले अभियानको नेतृत्व गर्नुभएको छ । भाद्र १५ गते महाकाली नदीमा स्नान गरेर सुरु गरिएको युवा जागरण अभियान भाद्र २३ गते मेची नदीमा पुगेर टुंगिने युवा संघले जनाएको छ ।