काठमाडौ ,भदौ १८
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीको प्रथम उपत्यका विशेष प्रदेश सम्मेलन सम्पन्न भएको छ ।
शनिवार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा भएको संगठनको प्रथम सम्मेलनले पुरस्कर रिमालको अध्यक्षतामा ३७ सदस्यीय कमिटी गठन गरेको छ ।
नवगठित कमिटीको उपाध्यक्षमा मिन बहादुर काकी र यज्ञबहादुर काकी सचिवमा रामबहादुर घले गुरुङ कोषाध्यक्षमा राम बहादुर थापा र उपसचिवमा बाबुकाजी कार्की सहितको समिति गठन भएको छ ।
त्यस्तै काठमाण्डौमहानगरपालिकामापूर्णबहादुर थापको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको छ जसको उपाध्यक्षमा शेरबहादुर कार्की सचिव कमल नेपाली , कोषाध्यक्ष शेरबहादुर बस्नेत सहितको कमिटी गठन भएको छ ।
यस्तै कागेश्वरी मनोहरा नगरपालिकामा रामबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको छ जसको उपाध्यक्षमा कुन्तामायाँ अधिकारी सचिवमा रामकुमार बोहोरा र कोषाध्यक्षमा चन्द्र सिं महतो रहनु भएको छ ।
यस्तै ललितपुर जिल्ला कमिटीमा लक्ष्मण पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन भएको छ । पुनर्गठित कमिटीको उपाध्यक्षमा शर्मिला सिवाकोटी सचिवमा अनिता न्यौपाने र कोषाध्यक्षमा बैकुण्ठ अधिकारी चयन हुनुभएको छ ।
यस्तै गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा मेखबहादुर खड्का चयन हुनु भएको छ । खड्काको अध्यक्षतामा ११ सदश्यि कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा हिराबहादुर खड्का सचिव भीष्म तामाङ र कोषाध्यक्ष पूर्णबहादुर तामाङ रहनु भएको छ ।
नवगठित कमिटीलाई नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनका केन्द्रीय अध्यक्ष तथा पार्टीका सल्लाहकार समितिका सदस्य धनबहादुर काकीले सफत ग्रहण गराउनु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले शुभकामना दिनु भएको थियो भने अन्य अतिथिहरूमा पाटीका पोलिटब्युरो सदस्य तथा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनकाइञ्चार्ज गोपाल बराल पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका संसद्पुस्प कुमारी कर्ण, सङ्गठनका केन्द्रीय अध्यक्ष तथा पार्टीका सल्लाहकार समितिका सदस्य धनबहादुर कार्की ,पार्टीका केन्द्रीय परिषद सदस्य तथा संगठनका महासचिव हरिशरण गिरीले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सङ्गठनका उपाध्यक्ष तथा पार्टीका केन्द्रीय परिषद सदस्य बेदप्रसादहुमागाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालनसङ्गठनका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सदस्य काजी थापाले गर्नुभएको थियो । भने स्वागत मन्तव्य दोलखा जिल्ला उपाध्यक्ष रामबहादुर थापाले गर्नुभएको थियो ।