काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी का संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।
पपुस्पलाल स्मृति प्रतिष्ठानले पुस्पलीाल स्मृति पार्क कीर्तिपर चम्पादेवीमा श्रध्दाञ्जली तथा स्मृति दिवश मनाउँदै छ । उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पूर्व प्रधानमन्त्री झलनाथ खनाल सहित नेकपाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै समाजवादी मोर्चा नेपालले ४७ औँ पुष्पलाल स्मृति दिवस अन्तरक्रिया कार्यक्रम गर्दै मनाउने भएको छ । मोर्चाको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
जस अनुसार साउन ७ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने उक्त कार्यक्रममा पुष्पलालको व्यक्तित्व र उनले कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदान र देशको वर्तमान जटिल परिस्थितिको अन्तरक्रिया हुनेछ ।
यसैगरी, ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसर पार्दै स्कुल अफ माक्र्सिज्मले साउन ६ गते मंगलबार वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा नेकपा एकीकृत समाजवादी महासचिव घनश्याम भूसाल, नेकपाका महासचिव विप्लव सी, र माओवादी केन्द्र नेता जनार्दन शर्मालगायतले बोल्ने कार्यक्रम छ ।यस्तै नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मोरङले देविथान सामुदायीक बन उपभोक्ता समिति बेलबारीमा बृक्षरोपण गरेर मनाउने तयारी गरेको छ ।
स्मरणीय छ, नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि।सं। १९८१ असार १५ गते पूर्व २ नं। रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको पहिला छोराका रूपमा भएको थियो । पुष्पलालले माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । २०१७ साल पुष १ गते राजाबाट चालिएको कदम पछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गरेका थिए । नेपाली कांग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा–गराउँदै निधन भएको थियो ।
विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए । उनी सहिद गङ्गालालका भाइ हुन् ।
उनले स्थापना गरेको नेकपा विभिन्न चिरामा भए पनि अहिले वामपन्थीहरुको संसद्मा राम्रो उपस्थिति छ र कुनै समूह सदन बाहिरको भूमिकामा छन् । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।
व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् ।
नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे ।
अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता रहेको थियो । उनले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् ।
पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा आज बिहान कीर्तिपुर नगरपालिका, वडा नं ४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यानमा श्रद्धाञ्जलि सभाका साथै विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले जानकारी दिए । यसै गरी नेकपा एमाले सहित विभिन्न वामपन्थी दलहरुले उनको स्मृतिमा स्वदेश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाउँदै छन् ।
नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गरेका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले करिव १६ वर्षको उमेर देखि सक्रिय राजनीतिक जीवन विताए र ३८ वर्षसम्म नेपाल र नेपाली जनताको स्वतन्त्रता, मुक्ति र समृद्धिका निम्ति अनबरत संघर्ष गरेर नेपाली राजनीतिक आकाशमा एउटा उज्वल नक्षत्रका रुपमा आफूलाई स्थापित गरे ।
नेपालको एकतन्त्रिय जहाँनिया राणाशासनको विरुद्धमा प्रजातान्त्रिक आन्दोलनका आदरणीय शहीद गंगालाल श्रेष्ठका सहोदर भाई स्व। पुष्पलालले निरंंकुश राणाशाही विरोधी आम प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउने काममा र त्यो आन्दोलनलाई क्रान्तिकारी प्रजातान्त्रिक आन्दोलनका रुपमा उठाउने काममा खेलेको भूमिका असाधारण महत्वको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल दुरदर्शिता, त्याग र इमानका प्रतिकका रुपमा नेपालको राजनीतिकमा उच्च स्थान वनाउन सफल भए । २००६ वैशाख १० गते अर्थात सन १९४९ अप्रिल २२ का दिन भारतको कलकत्तास्थित श्यामवजारमा आफ्ना सहकर्मीहरु निरञ्जनगोविन्द वैद्य, नरवहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतीदेवी श्रेष्ठलाई साथमा लिएर पुष्लालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । पुष्पलालको योगदान र त्यागका कारण नेपालमा धेरै नामका कम्युनिष्ट पार्टीहरु सशक्त र गौरबशाली पार्टीका रुपमा देशभर स्थापित भएका हुन । नेपालमा कम्युनिष्ट पार्टीको विचारधारा भित्र्याउने, नेताकै कारण पुष्पलाल आज पर्यन्त हामी सवैका लागि आदर्श र प्रेरणाका श्रोतका रुपमा रहिआएका छन् । तिन स र्थात सिद्धान्त, संगठन र संघर्षको नीतिलाई अवलम्वन गरेका थिए त्यसैको जगमा उभिएर आज नेपालमा कम्युनिष्ट आन्दोलन सशक्त पार्टी वन्न सफल भएको छ ।
कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद २००५ अर्थात १९४९ अप्रिल ५ मा प्रकाशन गरेर कम्युनिष्ट विचारधारासंग नेपालीहरुको परिचय गराउँनुका साथै नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेर त्यसमा गोलवन्द गर्ने अगुवाका रुपमा पुष्पलालको स्थान इतिहासमा सुरक्षित छ । त्यतिमात्र होइन, नेपाली समाजको पारलौकिक, धार्मिक वा रुढीबादी होइन, द्वन्द्ववात्मक भौतिकवादी अध्ययन विश्लेषण गर्ने र यसलाई परिवर्तन गर्ने सन्दर्भमा पुष्पलालका योगदानहरु अविस्मरणीय छन । सांस्कृतिक रुपान्तरण विना कम्युनिष्ट पार्टीले आमूल परिवर्तन गर्न सक्दैन भन्ने मान्यताका आधारमा कमरेड पुष्पलालले राजनीतिक क्षेत्रका साथै सांस्कृतिक कामलाई उनि उतिकै जोड दिएको पाइन्छ ।
उसले अघि सारेका नीतिहरुले सफलता पाए वा पाएनन भन्ने आधारमा तय हुन्छ नेपालवाट सामन्ती राजतन्त्रलाई सधैंका लागि विदा गरेर गणतन्त्र स्थापना गर्ने कमरेड पुष्पलालको अविचलित अडान र प्रतिवद्धता कार्यान्वयन भएको आजको युगमा उनको सान्दर्भिकता झन बढेको छ ।
पुष्पलाल दर्शन, साहित्य, इतिहास, विदेश सम्वन्ध, संस्कृति जस्ता विषयमा गहन अध्येता हुन् भन्ने कुरा उहाँका संकलित रचनाहरु अध्ययन गर्दा थाहा हुन्छ । इतिहासको गहिरो अध्ययन गर्दै नेपालको मौलिकता र विशेषता अनुरुप कम्युनिष्ट पार्टी अघि वढ्नु पर्छ भन्ने कुरामा पुष्पलालले राजनीतिक दस्तावेजहरुका साथै आफ्ना रचनाहरुमा पनि महत्वका साथ उल्लेख छ ।
कम्युनिष्टहरु साँचो अर्थमा नेपालको राष्ट्रियताको पहरेदार हुन भन्ने कुराको मानक पुष्पलालले नै स्थापना गरेका हुन् । दिल्ली सम्झौताको विरोध देखि नेपालमाथि हुने हरेक थिचोमिचोको अग्रपक्तिमा रहेर विरोध गर्ने कामको अगुवाई गरेको पाईन्छ ।
पुष्पलालले आफ्नो जीवनकालमा गर्नु भएको कठोर संघर्ष, निष्ठापूर्ण राजनीति र इमान्दार प्रयास आजको मजवुत कम्युनिष्ट आन्दोलनको आधारशिलाका रुपमा छ । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ ।
गणतन्त्र नेपालको पहिलो विचारक तथा कल्पनाकार, नेपाली राजनीतिका शिखर पुरुष ‘नेपाल रत्न’ पुष्पलालको स्मृति दिवस मनाउंँदै गर्दा उनले देखाएको मार्गबाट प्राप्त उपलब्धिलाई उपयोग गर्दै नेपाली जनताको आर्थिक, सांस्कृतिक र जनजीविकाको पक्षमा उभिन सबैमा प्रेरणा मिलोस् ।