काठमाडौँ। नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोश्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ।
बिरबहादुर बुढाथोकी मगरको नेतृत्वमा २१ सदस्यीय पदाधिकारीसहित १९७ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत निर्वाचित भएको छ। बैशाख २० र २१ गते सम्पन्न महाधिवेशनले उपाध्यक्षमा अनार कुमारी चौधरी, राम प्रसाद चौधरी, माइलाबाबु देउला, महेन्द्र कुमार गुरुङ, लाप्साङ तामाङ, गंगा गुरुङ, बिरबहादर भोटेलाई निर्वाचित गरेको छ।
त्यस्तै महासचिवमा चन्द्र तामाङ, उपमहासचिवमा संगिता पाख्रीन, अमर थापा र उदयबहादुर सुनुवारलाई चयन गरिएको छ। सचिवमा जंगबहादुर राना (कर्णाली), रेशम तामाङ (बागमती), बालकृष्ण श्रेष्ठ (मधेस), पशुपति चौधरी (कोशी), दिलुमाया गुरुङ (गण्डकी), अर्जुन बुडामगर (लुम्बिनी), अम्बिका श्रेष्ठ (बागमती), विकल श्रेष्ठ (बागमती), कोषाध्यक्ष वीरबहादुर तामाङलाई चयन गरिएको छ।