काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले शिक्षकहरूको आन्दोलनलाई ऐक्यद्धता जनाएको छ।
सोमबार २७ दिनदेखि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलनरत शिक्षकहरूको बिचमा पुगेर पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, पार्टीका वरिष्ठ नेता प्रमेश हमाल, घनेन्द्र बस्नेत,पार्टीका पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशीलगायत शीर्ष नेताहरूले ऐक्यवद्धता जनाउनु भएको हो।
आइतबार पार्टीको केन्द्रीय सचिवालयले गरेको निर्णयअनुसार शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउने कार्यक्रम सम्पन्न गरिएको हो। पार्टी अध्यक्ष, सम्मानित नेता र पदाधिकारीहरू आन्दोलन स्थल पुगेपछि आन्दोलनरत शिक्षकहरू उत्साहित हुनुभएको थियो। शिक्षक महासंघले पार्टीका अध्यक्ष, सम्मानित नेतालाई स्वागत गरेको थियो। ऐक्यवद्धतापछि अध्यक्ष, सम्मानित नेतालगायतका नेताहरूलाई महासंघले धन्यवाद ज्ञापन गर्दै विदाई गरेको थियो।
पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख ज्वालाकाअनुसार पार्टी अध्यक्षलगायत कुनै पनि नेताले भाषण गर्ने कार्यक्रम नरहेको र सोही अनुसार ऐक्यवद्धता जनाएर फर्किएको बताउनुभयो।
उहाँले भन्नुभयो,‘पार्टी अध्यक्षलगायतका नेताहरू आन्ददोलन स्थलमा पुगेपछि शिक्षक साथीहरू अत्यन्तै उत्साहित बन्नुभएको थियो। कुनै नाराबाजी भएको थिएन।