सुर्खेत। ‘समसामयिक राजनीतिक परिवेश र समाजवादी मोर्चा, नेपालको कार्यभार’ विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता ठगेन्द्र पुरीले गर्नु भएको थियो। प्रमुख अतिथिका रूपमा माओवादी केन्द्रका महासचिव देव गुरूङ रहनु भएको थियो। माओवादी केन्द्रका नेता काली बहादुर मल्ल, राजकुमार शर्मा र मोर्चामा अवद्ध तीनवटै दलका केन्द्रीय कमिटी सदस्यहरू, प्रदेशसभा सदस्यहरू, केन्द्रीय सल्लाहकार सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रदेश पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख वक्ताहरूमा महासचिव गुरूङ, केदार कुमार कंडेल र कर्णजित बुढाथोकी (सुशील) सी रहनु भएको थियो। अन्तरक्रिया कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय कमिटी सदस्य बसन्त कुमार विश्वकर्माले समावेशीता, ऐन निर्माण, नीति, कार्यक्रम, बजेट र दलित विधेयक सम्बन्धि भनाइ राख्नु भएको थियो।
त्यस्तै धीरबहादुर बिष्ट, कमल छत्याल, नन्दा शर्मा, पुष्पा घर्ती बिष्ट, कुलदीप भट्ट, भूमिसरा टमटा, उदिराम डाँगी, तुलाराज सीलगायतका १३ जना नेताहरूले जिज्ञासा र सुझावहरू राख्नु भएको थियो।
प्रमुख अतिथिलगायत नेताहरूले समाजवादी मोर्चालाई बलियो र सशक्त बनाउदै पार्टी एकतालाई जोड दिनुभएको थियो।समाजवादी मोर्चाका संयोजक कमरेड ठगेन्द्र प्रकाश पुरीले सुशील सीलाई म्याईन्युट हस्तान्तरण गर्नु भएको भयो। सो कार्यक्रम सञ्चालन कमरेड विमला केसीले गर्नुभएको थियो।
-1745734755.jpeg)
-1745734755.jpeg)