काठमाडौँ। नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी), गण्डकी प्रदेश अध्यक्षमा दिलमाया गुरूङ सर्वसम्वत चयन हुनुभएको छ।
मंगलबार सम्पन्न गण्डकीको भेलाले गुरुङको नेतृत्वमा ३५ सदस्सीय कमिटी गठन गरेको हो। महासंघ केन्द्रीय सचिव तथा गण्डकी संयोजक डिबि राईको अध्यक्षतामा पार्टी केन्द्रीय सचिव एवं गण्डकी ईन्चार्ज श्रीनाथ बरालको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो।
भेलाले संगठनको उपाध्यक्षमा श्रीबहादुर गुरूङ र मनीराज आले, सचिवमा बलबहादुर मगर, उपसचिवमा रीता भूजेल र सन्तोष गुरूङलाई चयन गरेको छ।
कार्यक्रममा पार्टी अग्रज नेता तथा संविधान सभा सदस्य तुलबहादुर गुरूङ, पोलिटब्यूरो सदस्य तथा महसंघ ईन्चार्ज पासाङ शेर्पा, पोलिटब्यूरो सदस्य तथा गण्डकी सहईन्चार्ज दिलु पन्त, महासंघ सहईन्चार्ज रामचन्द्र बल, अध्यक्ष बीर बहादुर बुढाथोकी मगर, वेची लुङगेली, प्रदेश अध्यक्ष कृष्ण नेपाली, महासंघ उपाध्यक्ष द्वय राजाराम स्याङतान, सुरेन्द्र लामा, पार्टी केन्द्रीय सदस्य रत्ना गुरुङ, महासंघ केन्द्रीय सचिव तथा कोशी संयोजक गंगा गुरूङ, पार्टी प्रदेश कमिटी उपाध्यक्ष, सचिव, उपसचिव, जिल्ला कमिटी अध्यक्ष, महानगर अध्यक्षलगायतका नेताहरुको उपस्थिति रहेको थियो।

-1744782807.jpg)
-1744782807.jpg)