काठमाडौँ। सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ।
शनिबार पार्टी केन्द्रीय पार्टी कार्यालय आलोकनगरमा सम्पन्न अधिवेशनले कमलराज जोशी सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा अनामिका खरेल र बर्क थापालाई चयन हुनुभएको छ।
सचिवमा अछामका झंकर बिष्ट, उपसचिवमा रामसिंह विक र गणेश रोकाया गरी १३ सदस्सीय कमिटी गठन गरिएको छ। सम्पर्क मञ्चका अध्यक्ष कृष्ण हादुर कुवँरको अध्यक्षता एवं घनश्याम भूसालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।
पार्टीका सचिव शेरबहादुर कँुवर, पोलिटब्यूरो सदस्य तथा संघीय सम्पर्क ईन्चार्ज लक्ष्मण केसी, पोलिटब्यूरो सदस्य निरा देवी जैरू, केन्दीय कमिटी सदस्य तथा अछाम ईन्चार्ज कुल बहादुर कुँवर, सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी ईन्चार्ज राधालक्ष्मी खरेल, केन्द्रीय कमिटी सदस्य हिरेन्द्र शाही, केशरी रेग्मी, लेखापरीक्षण आयोग सचिव कमरेड दिर्घराज ढुङ्गाना, केन्दीय निर्वाचन आयोगबाट पठाएका प्रतिनिधि श्याम सुनार लगायतको उपस्थिति रहेको थियो।
तारानाथ दाहाल अध्यक्ष रहेको अध्यक्ष मण्डलमा दानबहादुर रावल, बेदनाथ कोइराला, निशा रावल रहनुभएको थियो।
-1744528925.jpeg)
-1744528925.jpeg)