काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), केन्द्रीय आन्दोलन संयोजन कमिटीले सुशासन र रोजगारी, समाजवादको तयारी का सन्दर्भमा शिक्षा क्षेत्रका विज्ञ, जानकार तथा बौद्धिक व्यक्तित्वहरुसँग छलफल गरेको छ।
शुक्रबार राजधानीमा शिक्षाविद, शिक्षा क्षेत्रका जानकार, विज्ञ तथा बौद्धिक व्यक्तिहरुसँग छलफल गरेको हो।
पार्टीका महासचिव तथा आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसाल, पार्टी सचिव तथा पार्टीको शिक्षा विभाग प्रमुख सावित्रा भुसाल, पार्टीका पोलिटब्यूरो सदस्य तथा आन्दोलन संयोजन कमिटीका सचिव जीवनराम श्रेष्ठ, पोलिटब्यूरो सदस्य लक्ष्मण केसीको सहभागितामा छलफल गरिएको हो।
शिक्षाविद विद्यानाथ कोइराला, राष्टिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालगायतका व्यक्तिहरुले नेपालको शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनका निम्ति राजनीतिक दलहरुबाट व्यवहारिक प्रतिवद्धता आवश्यक रहेको सुझाव दिनुभएको छ।
केही विज्ञहरुले साथै संस्थागत र सार्वजनिक विद्यालयलाई गुठिमा लैजानका निम्ति एकीकृत समाजवादीले पहल गर्नुपर्नेमा जोड दिनुभएको छ।
केहीले विद्यालय, विश्वविद्यालय र सरकारी संस्थानमा रहेका राजनीति संगठन खारेज गर्नुपर्ने र त्यसको सुरुवातसमते एकीकृत समाजवादीले गर्नुपर्ने सुझाव दिनुभएको छ।
-1744380399.jpg)