काभ्रेपलान्चोक। नेकपा (एकीकृत समाजवादी) काभ्रेले जिल्ला प्रशासन कार्यालय काभ्रेमा ज्ञापनपत्र बुझाएको छ।
पार्टीको केन्द्रीय निर्देशनअनुसार बिहीबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालमार्फत सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको हो।
देशमा बढ्दै गएको बेथिति र गणतन्त्र विरोधी गतिविधि विरूद्ध गत चैत १५ गते नेकपा (एकीकृत समाजवादी)सहितले शान्तिपूर्ण आन्दोलन गरेको सबैलाई विधितै छ।
तर, त्यसै दिन राजतन्त्रबादीहरुले विभिन्न ठाउमा तोडफोड गर्नुका साथै आगजनी पनि गरेका थिए। साथै नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय र जिल्ला कमिटी काठमाडौँ तिनकुनेमा तोडफोड गरि भौतिक क्षति पुर्याएको घटना जगजाहेर छ। पार्टी जिल्ला कमिटी अध्यक्ष बसुन्धरा हुमागाँईले जारी गर्नुभएको पत्रमा उल्लेख गरिएको छ।
प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई भनिएको छ, हाम्रो आन्दोलनलाई बदनाम गराउने कुत्सित मानसिकताले प्रतिगामीहरुले गणतन्त्रको पक्षमा योगदान गर्दै आएको पार्टी कार्यालयमा क्षति पुर्याएका छन्। ती र त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरि छिटोभन्दा छिटो कार्वाहीको दायरामा लयाउन माग गर्दछौं।
सो घटनाको दोषीलाई कार्वाहीको गर्नु पर्ने भन्दै घाइतेको निःशुल्क उपचार, पीडितलाई क्षतिपूर्ति दिनु पर्ने, पत्रकार सुरेश रजतलाई सहिद घोषणा गर्न र अराजक गतिविधि नियन्त्रण गरि नागरिकको जनधनको सुरक्षा गर्न जोडदार माग गरिएको छ।
उक्त ज्ञापनपत्र नेकपा (एकीकृत समाजवादी) काभ्रेका अध्यक्ष सहित विभिन्न पद र जिम्मेवारीमा रहेर भूमिका निर्बाह गर्नुहुनेहरुले संयुक्तरूपमा बुझाउनु भएको हो। पत्रको व्यहोरा पार्टी जिल्ला कमिटी सचिव गोकुल गौतमले वाचन गर्नुभएको थियो।