विराटनगर। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले भारतको काम नेपाललाई अस्थिर, कमजोर पार्ने र फाइदा लिने भएको बताउनु भएको छ।
उहाँले राजतन्त्र, गणतन्त्र जुन व्यवस्थामा पनि भारतको नीति त्यही रहेको बताउनु भयो। नेकपा (एकीकृत समाजवादी) मोरङको नवौँ जिल्ला अधिवेशनलाई मंगलवार विराटनगरमा सम्बोधन गर्दै भूसालले यस्तो बताउनु भएको हो।
पछिल्लो समय जनताको मनोविज्ञान बदलिएको बताउनु भएको छ। पछिल्लो समय जनताको मनोविज्ञान बदलिएको बताउँदै राजावादीहरू अलि संगठित र उद्दण्ड रूपले प्रस्तुत हुनु गम्भीर कुरा भएको स्पष्ट पार्नुभयो।
पश्चगामी तत्त्वहरूले सार्वजनिक सम्पत्ति, मिडियामाथि आक्रमण गर्न थालेको बताउँदै उहाँले यो सामान्य कुरा नभएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘यसलाई निस्तेज पार्न गणतन्त्रवादी एकढिक्का बन्नुको विकल्प छैन।
उहाँले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै सुखी नेपाली, समृद्ध नेपाल नाराको सार छाडेको र अहिले नारा मात्रा बोकेर हिँडेको बताउनुभयो।
चुच्चे रेल, भ्यूटावर, पानी जहाज जस्ता हावादारी गफमा जनता अलमलिएको बताउनु भयो। ‘जनताका छोराछोरीले पढ्न पाउँछन्,स्वास्थ्य उपचार हुन्छ, काम गरेर यही बाँच्न पाउने अवस्था हुन्छ भन्ने कुराको ग्यारेन्टी नभएसम्म पुनरुत्थानवादी र पपुलिष्टहरूलाई रोक्न सकिदैन र गणतन्त्रलाई बलियो बनाउन सकिदैन’‚ उहाँले भन्नुभयो।
सत्ता गठबन्धनको काम कर्मचारी हटाउने बाहेक केही रहेको उहाँको भनाई छ। अहिले राजा, रवि जे देखाएर हुन्छ। आगामी चुनावमा बहुमत ल्याउने प्रयत्न रहेको बताउनुभयो।