काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीको दोस्रोपूर्ण बैठक सम्पन्न भएको छ।
शनिबार प्रदेश अध्यक्ष कृष्ण नेपालीको अध्यक्षता तथा पार्टी केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।
बैठकमा सहइन्चार्ज तथा पोलिब्युरो सदस्य धनराज आचार्य, पूर्वस्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तुल बहादुर गुरुङ लगायत नेताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो।
स्वागत मन्तव्य उपाध्यक्ष मुक्तिनाथ पौडेलले र सचिव ठाकुर प्रसाद शर्माले बैठक सञ्चालन गर्नुभएको थियो। बैठकमा जिल्ला अध्यक्षहरु मुस्ताङ अध्यक्ष भिम रसाइली, नबलपुरका अध्यक्ष गणेश मान महतो, तनहुँ अध्यक्ष कजिमान श्रेष्ठ, गोर्खा अध्यक्ष यादव बस्नेत, कास्की अध्यक्ष खड्ग हमला, स्याङ्जा अध्यक्ष शंकरध्वज कार्की, प्रदेश सचिवालय सदस्यहरु तिलबहादुर थापा मगर बाग्लुङ र हरि मोहन भण्डारीलगायतले रिपोर्टिङ गर्नु भएको थियो।
सचिवालय सदस्यहरु प्रेम केसी स्याङ्जा एबम दुर्गा नेपाली तनहुँ, प्रदेश सदस्यहरु हरि मोहन भण्डारी स्याङ्जा , नारायण परियार कास्की, तिलक बिक कास्की, एस एल तिवारी, बिआर बराललगायतले बिचार राख्नु भएको थियो।
बैठकले सबै जिल्ला अधिबेशनहरु जेष्ठ १५ ,२०८२ सम्मसम्पन्न गर्ने, पार्टीले अधि सारेको बैशाख २२ सम्मको पहिलो चरणको आन्दोलको कार्यक्रम सफल गर्ने, विकास र समृद्धिका लागि जनताका मागहरुलाई लिएर आन्दोलन गर्ने, चैत १५ गते प्रतिगमनकारी राजावादीले नेकपा (एकीकृत समाजवादी) केन्द्रिय कार्यालय, काठमाडौँ जिल्ला कमिटीको कार्यलय, पार्टी अध्यक्ष माधव नेपालको घरमा, जनताहरुका घरहरु,पसलसहित सम्पत्तिमा आगजनी, तोडफोड ,लूटपाट र मृत्यु हुने अवस्थासम्मको अराजकताको बिरोध भत्सर्ना गर्दै, सुरक्षा दिन नसक्ने सरकारसँग क्षतिपूर्तिको माग गरेको छ।
सरकारले शान्ति सुरक्षा दिन असफल रहेकोप्रती आलोचना गरेको छ। कमिटीका पदाधिकारी र सदस्यहरुको कार्य विभाजन गरेको छ। साथै सचिवालय समेत गठन गरेको छ।
-1743388141.jpg)
-1743388141.jpg)
-1743388141.jpg)