काठमाडौँ। चार दलीय समाजवादी मोर्चा नेपालले शुक्रवार काठमाडौँमा गरेको विरोधसभा संयम, भव्य, सभ्य र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
तीनकुनेमा राजावादीले गरेको सभा हिंसात्मक र अराजक बन्दा गणतन्त्रवादी मोर्चाले भृकुटीमण्डपमा गरेको विरोध सभा निकै शान्तिपूर्ण रूपमा सम्पन्न भयो।
विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेसपाले संयुक्त रूपमा सहरका विभिन्न स्थानबाट जुलुससहित भृकुटीमण्डप आएर विशाल सभामा परिणत भएको थियो।
्सभाको अन्त्यतिर प्रचण्डले सम्बोधन गर्ने समयमा राजावादी समूहले बानेश्वर, तीनकुने, कोटेश्वर आसपासका क्षेत्रमा राजनीतिक दलका पार्टी कार्यालय, व्यक्तिका निजी सम्पत्ति, सञ्चार गृह लगायत सार्वजनिक सम्पत्तिमाथि तोडफोड भइसकेको थियो।
तीनकुने घटनामा परि दुई जनाले ज्यान गुमाइसकेका छन्। मोर्चाको जनसभामा करिब एक लाख मानिसहरुको उपस्थिति रहेको दाबी गरिएको छ। विरोधसभा अघि मोर्चामा आबद्ध दलहरूले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, मैतीदेवी, सोह्रखुट्टेलगायत स्थानबाट निस्किएको विशाल जुलुस शान्तिबाटिका बागबजार पुतलीसडक हुँदै सभामा मिसिएको थियो।
मञ्चको दायाँतर्फ भद्रकाली, बायाँतर्फ नेपाल विद्युत प्राधिकरणको कार्यालय र अगाडितर्फ वाल्मीकिसम्म तथा प्रदर्शनस्थलभित्र खचाखच भिड थिए। चर्को घामको कुनै प्रवाह नगरी सडकमै मानिसहरू बसेका थिए। नेताहरू मञ्चमा भाषण गरिरहँदा केही कार्यकर्ता तथा समर्थकहरू नाचगान गरिरहेका थिए।
गणतन्त्रवादी मोर्चाले फागुन २७ गते नै चैत १५ गते विरोध सभा गर्ने निर्णय गरेको थियो। तर मोर्चाको सभालाई चुनौती दिँदै दुर्गा प्रसाईं समूहले तीनकुनेमा सभा राखेका थिए। प्रसाईं समूहलाई पूर्वपञ्चहरूले समर्थन गरेको थियो।
हिंसात्मक गतिविधिबारे चित्रण गर्दै प्रचण्डले गणतन्त्रवादी र राजावादीको चरित्र जनताले बुझ्ने गरी प्रदर्शन भएको बताए। ‘तीनकुने अहिले मण्डले अराजकताको सबै प्रतिगामी निरंकुशतावादीहरूको प्रतीक जस्तो देखिएको छ । घरमा आगो लगाएका छन् ।
त्यहाँ पुलिसमाथि ढुंगा प्रहार गरेको छ । उनीहरूले चाहेका छन्, एकरदुईजना मानिस मरुन् । र, देशभर आतङ्क फैलियोस् भनेर चाहेका छन् । त्यो राजावादीहरूको चरित्र हो’, दुवै स्थानको सभालाई चित्रण गर्दै उनले भने, ‘हामी यहाँ पचासौँ हजार, लाखको वरिपरि जम्मा छौँ । बडो शिष्ट, संयमित, अनुशासित र आफ्नो उद्देश्यप्रति समर्पित नागरिकहरूको एउटा विशाल सेना यहाँ खडा छ । त्यसकारण तुलना गर्नेस् गणतन्त्रवादीको चरित्र र राजावादी मण्डलेहरूको आजै चैत १५ गते सम्पूर्ण नेपालीले देख्नेगरी र बुझ्नेगरी काठमाडौँमा प्रदर्शित भयो ।’
यद्यपि गणतन्त्र स्थापना पछिको १६ वर्षमा आफूहरूको पनि कमजोरी रहेकाले प्रतिगामी शक्तिले टाउको उठाउन खोजेको उनको भनाई थियो। पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वंश शासन कुनै हालतमा पनि स्वीकार गर्न नसक्ने बताएका थिए।
-1743215172.jpg)
-1743215170.jpg)
-1743215170.jpg)
-1743215169.jpg)