दाङ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दाङ जिल्लाको १४औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ।
दङ्गाली कम्युनिष्ट आन्दोलनका निम्ति जीवन विताउनु भएका सहिद पत्निहररू बामदेव शर्मा, नारायण शर्मा आचार्य, तिलक डाँगी, जमिरन मियाँ, टोपेन्द्र बहादुर खत्रि, भगवति चौधरी, कालिराम चौधरी, बासु देव बिक, यमा देवकोटा, शान्ति बुढाथोकि, गंगा बस्नेत, इस्वरी प्रशाद लामिछाने, सितलि चौधरीलाई कदर सम्मान गरिएको थियो।
अधिवेशनले अध्यक्षमा भूपबहादुर केसी, उपाध्यक्षमा दामोदर लामिछाने र गणेश चौधरी, सचिवमा डिलबहादुर पुन मगर, उपसचिवमा हरिकला बाठा कमरेड पुनम घर्तीसहित ५१ सदस्यीय कमिटी सर्वसहमत निर्वाचित गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वाला उपस्थित हुनुहुन्थ्यो। त्यस्तै उपमहासचिव मेटमणि चौधरी, केन्द्रीय सचिव सोम प्रशाद पाण्डे, केन्द्रीय सदस्य दाङका इन्चार्ज जोगबहादुर राना, केन्द्रीय सदस्य द्वय अनारकली मियाँ, ससमोती चौधरीलगायत केन्द्रीय निकाय, परिषद्, प्रदेश कमिटीका नेताहरूको उपस्थिति रहेको थियो।