काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी, रूपन्देहीको १०औंँ अधिवेशनको तयारी पूरा भएको छ।
बिहिबार जिल्ला कमिटीले पत्रकार सम्मेलन गरेर १०औँ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ। पार्टीका पोटिब्यूरो सदस्य जिल्ला इन्चार्ज नन्दलाल बञ्जाडे, केन्द्रीय सदस्य भगवती घिमिरे, केन्द्रीय लेखा आयोग सदस्य हिराध्वज शाहलगायतको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न गरिएको छ।
जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष श्रीराम यादवले एक विज्ञप्ति जारी गरेर प्रतिनिधि छनौट, बैठक भेलालगायतका कामहरू सम्पन्न भएको बताउनु भएको छ।
प्रेस बक्तव्य
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० को दशौं जिल्ला अधिवेशन आगामी २०८१ साल चैत्र ९ र १० गते बुटवल(१३ मा अवस्थित साईनो पार्टी प्यालेसमा भब्यताका साथ सम्पन्न हुँदैछ।
२०७८ साल भाद्र ९ गते तत्कालीन नेकपा एमालेबाट विद्रोह गरी स्थापना भएको हाम्रो पार्टीले गत २०८१ साल असार १६(२१ मा ऐतिहासिक दशौं राष्ट्रिय महाधिवेशन भव्य रुपले सम्पन्न गरे पश्चात पार्टीले आफ्नो कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधान पारित गरी पार्टीलाई समाजवादी कार्यदिशा बमोजिम ब्यवस्थित गर्ने प्रक्रिया अन्तर्गत आफ्नो प्रदेश, जिल्ला, पालिका अधिवेशनहरु सम्पन्न गर्ने कार्ययोजनाका साथ आफ्नो गतिविधिहरु अगाडी बढाईरहेको छ।
हाम्रो पार्टीको आगामी दशौं जिल्ला अधिवेशनका लागी रुपन्देही जिल्लाका ५ वटा निर्वाचन क्षेत्रहरुबाट प्रतिनिधिहरु छनौट गर्ने काम सम्पन्न भएको छ। हाम्रो जिल्ला अधिवेशनमा पुरानो जिल्ला कमिटी आयोजक रहने र सबै जिल्ला अधिवेशन प्रतिनिधिहरु संगठीत पार्टी सदस्यहरुबाट निर्वाचित भएर आउनु भएको छ। अधिवेशन प्रतिनिधिहरुको छनौट गर्दा दलित तर्फ १०स्१, खुल्ला तर्फ २०स्१ र सबै क्लस्टरमा एक तिहाई महिला र २० प्रतिशत ४० बर्ष मुनिका युवाहरुको सहभागिताको सिद्धान्त अपनाईएको छ। सो बमोजिम संघीय निर्वाचन क्षेत्र नं. १ बाट जम्मा ४६ जना, २ बाट ४३ जना, ३ बाट २१, ४ बाट ११ र ५ बाट ७ जना गरी जम्मा १२८ जना जिल्ला अधिवेशन प्रतिनिधिहरु रहनुहुनेछ।
विधान बमोजिम जम्मा प्रतिनिधिको १० प्रतिशतले हुने १३ जना प्रतिनिधिहरु जिल्ला कमिटीले मनोनित गरी दशौं अधिवेशनमा सहभागी प्रतिनिधिहरुको जम्मा संख्या १४१ जना हुनेछ। हाम्रो पार्टी सबै सञ्चार माध्यम र सञ्चारकर्मीहरु समक्ष हाम्रो पार्टीको दशौं जिल्ला अधिवेशनका गतिविधिहरुको ब्यापक प्रचार(प्रसार गरी अधिवेशनलाई सफल पार्न सहयोग गरिदिन हार्दिक अपिल गर्दछु।
-1742450881.jpg)
-1742450879.jpg)
-1742450879.jpg)
-1742450880.jpg)
-1742450880.jpg)