काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले सुसासन र रोजगारी, समाजवादको तयारी भन्ने नाराका साथ, गणतन्त्रको रक्षा, संविधानको कार्यान्वयन, उत्पादन, सुसासन, रोजगारी र जनजिविकासँग जोडिएका एजेन्डासहित घोषणा गरिएको आन्दोलनका कार्यक्रमलाई तीव्र बनानउने भएको छ।
बुधबार पार्टीका महासचिव घनश्याम भूसालले कर्णाली प्रदेश कमिटीको जुम बैठकमा आन्दोलनका बारेमा ब्रिफि ङ गर्नुभएको थियो। बैटकमा कर्णाली प्रदेश पार्टीका अगुवा नेताहरूसग छलफल गर्नुभएको छ।
उक्त अवसरमा महासचिव भूसालले पार्टीले घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छर
छलफल कार्यक्रममा पार्टीका उपाध्यक्ष प्रकाश ज्वाला, पार्टी सचिव चन्द्र बहादुर शाही, प्रदेश कमिटी अध्यक्ष ठगेन्द्रप्रकाश पुरीसमेतले आन्दोलनका सन्दर्भमा निर्देशन दिनुभएको थियो।
छलफल कार्यक्रमको सहजिकरण पार्टी कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरीले गर्नुभएको थियो। छलफल कार्यक्रममा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला अध्यक्ष र पदाधिकारीहरूको सहभागीता रहेको थियो।