काभ्रे। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा अनेरास्ववियू काभ्रेले विभिन्न पदमा जीत हासिल गरेको छ।
जिल्लाकै ठूलो क्याम्पस काभ्रे बहुमुखी क्याम्पसमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका दुई सदस्य निर्वाचित ह्ुनुभएको छ।
काभ्रे बहुमुखी क्याम्पसमा प्यानलसहित मित्रवत प्रतिस्पर्धा भएको थियो। जिल्लाका अन्य क्याम्पसमा भने अनेरास्ववियू (समाजवादी) ,अखिल क्रान्तिकारी (माओवादी), अनेरास्ववियु (एमाले) र विप्लव सिका विद्यार्थी संगठनबीच साझा सहमति भएको थियो।
जिल्लाका १४ क्याम्पस मध्य काभ्रे बहुमुखी क्याम्पसमा मात्रै निर्वाचन भएको थियो भने अन्य क्याम्पसमा सर्वसहमत गरिएको थियो। काभ्रे बहुमुखी क्याम्पसमा (समाजवादी) अनेरास्ववियूको तर्फबाट सन्ध्या गिरी र सुनिता गोइत निर्वाचित हुनुभएको छ।
सर्वमङ्गला बहुमुखी क्याम्पस पाँचखालमा कोषाध्यक्ष समिता श्रेष्ठलाई सर्वसहमत गराइएको थियो। यस्तै अन्य क्याम्पसहरुमा तेजगँगा क्याम्पस पनौतीमा कोषाध्यक्ष पुजा बजगाई,सदस्य सविता खत्री र इन्द्रेश्वर क्याम्पस पनौतीमा सदस्य बिवश श्रेष्ठ, प्रभा क्याम्पस चौरीदेउरालीमा सहसचिव विरेन्द्र दुलाल,सदस्य दिपा चौलागाईं सर्वसहमत निर्वाचित हुनुभएको छ।
जिल्लाका १३ क्याम्पसहरुमा अनेरास्ववियूको संगठन दर्ता भएको थियो, ती क्याम्पसहरुबाट उचित र सन्तोषजनक परिणाम आएको काभ्रे जिल्ला, मोर्चा संगठन प्रमुख भेषराज शाहले बताउनुभयो।
अनेरास्ववियू काभ्रेका संयोजक रामेश्वर आचार्यले ,परिस्थितिगत प्रतिकुलता,पार्टीका विभिन्न तहमा रहेर भूमिका निर्वाह गर्नु हुनेहरुको साथ ,सहयोगका बीच स्ववियु निर्वाचनमा केही विद्यार्थी नेताहरूलाई जिताउन प्रत्यक्ष, अप्रत्यक्ष भूमिका निर्वाह गर्ने प्रति आभारी व्यक्त गर्नुभएको छ।
कलम न्युजसँगको कुराकानीमा संयोजक आचार्यले भन्नू भयो, अन्तिम अबस्थामा हामीले जिल्लाका सबै क्याम्पसमा संगठन दर्ता गर्यौ। अन्य संगठनको संगठन दर्ता गर्न नमानिएका क्याम्पसमा पनि हामीले सहजिकरण गरेका थियौ । जिल्लाका सबै क्याम्पसमा सहमतिबाट निकास खोज्ने सल्लाह भयो । त्यहि अनुरुप काम गरियो।
उहाँले ,आफ्नो आफ्नो भूगोलका क्याम्पसहरुमा अनेरास्ववियू जिताउन लाग्ने पार्टी र भातृसंगठन का नेताहरुबाट आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभएको छ। स्थानीय भुगोलमा रहेका क्याम्पसहरुमा भूगोलका नेताहरुको सक्रियता रहेको थियो। आचार्यका अनुसार बनेपामा मोर्चा प्रमुख, पाँचखाल नगरपालिकामा युवासंघका जिल्ला अध्यक्ष शिवराम दाहाल ,रिटर्निका जिल्ला अध्यक्ष पुर्षोत्तम आचार्य, नेता अरुण बानियाँले सहयोग गर्नु भएको थियो। यस्तै चौरीदेउराली गाँउपालिकाको प्रभा क्याम्पसमा गोकुल गौतमले उचित भूमिका खेल्नुभएको थियो।