काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को मधेश प्रदेश कमिटीको जुम मिटिङ सम्पन्न भएको छ।
मंगलबार बिहान सम्पन्न प्रदेश कमिटीको जुम बैठकमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ मुल नाराका साथ रोजगारी र सुशासनको विषयमा पार्टीका महासचिव घनश्याम भूसालले ब्रिफिङ गर्नुभएको थियो।
पार्टी सचिव सावित्रा भुसालकाअनुसार सोमबार गण्डकी प्रदेश कमिटीको जुम मिटिङ सम्पन्न भएको छ। त्यस्तै मंगबार साँझ ६ बजेदेखि सुदूरपश्चिम कमिटीको जुम बैठक आह्वान गरिएको छ। बैठकमा सम्बन्धित प्रदेशका अध्यक्ष तथा पदाधिकारीहरूले समेत धारणा राख्नु भएको छ।
चैत १ गते पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादी, आन्दोलन परिचालन संयोजन कमिटीले पहिलो चरणका कार्यक्रम सार्वजनिक गरेको थियो।
आन्दोलनको पहिलो चरण
चैत्र १ गते पत्रकार सम्मेलन,
चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल,
चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ-सङ्गठन तथा व्यक्तिहरुसँग सम्वाद तथा सुझाव संकलन,
चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने,
चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक सम्वाद तथा सुझाव सङ्कलन,
बैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने,
बैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक सम्वाद तथा सुझाव संकलन,
बैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने,
बैशाख २५ गते दोश्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने ।