काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) कालिकोट जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र १ र खाडाँचक्र नगर कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ।
आइतबार मदन प्रसाद चौलागाईको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।
केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनबाट प्रदेशसभा निर्वाचन क्षेत्र १ मा कम्मबहादुर शाही अध्यक्ष रहेको २७ सदस्सीय कमिटी चयन गरिएको छ।
वरिष्ठ उपाध्यक्ष पाण्डेले कर्णालीको बाटोका बारेमा संदनमा बोल्ने प्रतिवद्धता जनाउनु भएको छ। सिंगो कर्णालीको विकासका बारेमा संसदमा आफूले आवाज उठाउने प्रतिवद्धता जनाएको केन्द्रीय सदस्य तुलाराज सिमखाडाले जानकारी दिनुभयो।
-1742190767.jpg)
-1742190767.jpg)

त्यस्तै खाडाँचक्र नगर कमिटीमा आदिचन्द्र चौलागाई अध्यक्ष रहेको ३१ सदस्सीय कमिटी र कमरेड पुष्पासिंह शाही अध्यक्ष रहेको २९ सदस्यिय अनेमसंघ (समाजवादी) नगर कमिटी सर्वसम्मत निर्वाचित भएको छ।
केन्द्रीय सदस्य तथा जिल्ला कमिटी इन्चार्ज सिमखाडाले निर्वाचित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीका गतिविधिलाई तीव्र पार्न निर्देशन दिनुभएको छ।
कार्यक्रममा कर्णाली प्रदेश कमिटी अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, संविधानसभा सदस्य तुलाराज बिष्ट, प्रदेश सचिव धिरबहादुर बिष्ट, जिल्ला अध्यक्ष चित्रसिंह गाउँले, खाडाँचक्र नगरप्रमुख कमल बहादुर शाही, प्रदेश सदस्यहरू लालबहादुर मल्ल, नमराज देवकोटा, राधिका शाही, पूर्णबहादुर शाहीलगायत नेताहरूको उपस्थिति रहेको थियो।
नेकपा एमाले र कांग्रेस परित्याग गरी २३ जना जिल्लाका नेताहरू एकीकृत समाजवादीमा समाहित हुनुभएको छ। उहाँहरूलाई वरिष्ठ उपाध्यक्ष पाण्डे, कर्णाली इन्चार्ज शाही, जिल्ला इन्चार्ज सिमखाडाले पार्टीमा स्वागत गर्नुभएको छ।
यसअघि जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ मा ३५ जना र पालिकामा ४५ जना नेताहरूले एकीकृत समाजवादी रोज्नुभएको थियो।