रूकुम पश्चिम। रूकुम पश्चिममा विभिन्न पार्टी परित्याग गरि नौ जना जिल्ला तहका नेताकार्यकर्ताहरु नेपाल कम्युिष्ट पार्टी एकीकृत समाजवादीमा समाहित हुनुभएको छ।
पार्टीको नवौं जिल्ला अधिवेशनका क्रममा सदरमुकाम मुसिकोटको बालमन्दिर प्रांगणमा पार्टीका महासचिव घनश्याम भूसालले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुभएको छ।
पार्टी प्रवेश गर्नेहरुमा माओवादी पार्टी निकट सानीभेरी गाउँपालिका २, का वाइसीएलमा आवद्ध धनवीर परियार, सोही वडाका खिम बहादुर परियार र माओवादीकै बिमला परियार रहनुभएको छ।
त्यस्तै मुसिकोट नगरपालिका ७, का माओवादी निकट ओमप्रकाश आचार्य, आठबिसकोट नगरपालिका ११, का एमाले निकट वीर बहादुर बिक, आठबिसकोट नगरपालिका ४, का नेपाली कांग्रेस निकट नौलु बिक र अमृत बिक एवं माओवादी निकट चौरजहारी नगरपालिका ६, का मान बहादुर बोहरा रहनुभएको छ।
त्यसैगरी मुसिकोट ६, का फत्तेजंग बिकले नयाँ सदस्यता लिनुभएको छ। देश र जनताको एकमात्र पार्टी नेकपा एकीकृत समाजवादी भएको भन्दै आफुहरुले संग्लन पूर्व पार्टी परित्याग गरिएको बताउनु भएको छ। पार्टी प्रवेश गर्ने नव प्रवेशीलाई योग्यता क्षमता अनुसारको जिम्मेवारी दिने नेकपा एस रुकुम पश्चिमले बताएको छ।