काठमाडौँ। विश्वका प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघ (WFTU) को प्रेसिडेन्सियल काउन्सिलको भियतनाम बैठकमा नेपालको तर्फबाट प्रेसिडेन्सियल काउन्सिल सदस्य तथा पेसागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले सम्बोधन गर्नुभएको छ।
अध्यक्ष खनालबाट प्रस्तुत मन्तव्य:
आदरणीय अध्यक्ष ज्यु,
विश्व ट्रेड युनियनका कमरेड महासचिव,
भियतनाम ट्रेड युनियनका कमरेड अध्यक्ष,
विश्व ट्रेड युनियन महासंघका सम्मानित अध्यक्ष कमरेड जर्ज म्याभ्रीकाेज
आदरणीय कमरेड प्रेसिडेन्सियल काउन्सिल सदस्यहरू,
नेपालका श्रमजीवी वर्ग, पेसागत महासंघ नेपाल (CONEP नेपाल) र विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालको तर्फबाट यहाँ भेला भएका सम्पूर्ण कमरेडहरूमा हार्दिक क्रान्तिकारी शुभकामना व्यक्त गर्दछु।
साथै विश्व ट्रेड युनियन महासंघकाे याे अध्यक्षीय परिषद् बैठकको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछु। त्यसैगरी, म भियतनामको ट्रेड युनियन नेतृत्वलाई यो प्रेसिडेंसियल काउन्सिलको बैठकको आयोजना गरी न्यानो स्वागत गरेकोमा हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्न चाहन्छु।
आदरणीय कमरेड प्रतिनिधिहरु,
नवउदारवादी पुँजीवादले श्रम क्षेत्रमाथि आक्रमण गरिरहेको छ । श्रमकानुनमा नाे वर्क-नाे पे, हडतालमा प्रतिबन्ध लगाउने ,स्थायी श्रमिककाे सट्टामा आउटसाेर्सिङबाट काम लगाएर श्रमिकहरुकाे अधिकारलाई कुण्ठित गर्ने,
सार्वजनिक संस्थानहरूलाई नीजिकरण गर्दै मुट्ठीभर व्यक्तिहरूलाई समृद्ध बनाउने नीतिहरू सरकारले अगाडि सारेको छ। यसबाट जनता र श्रमिक वर्गले पीडा भोग्नुपरेको छ। नवउदारवादले सार्वजनिक संस्थानहरूको क्रमशः निजीकरण, निजी संस्थाहरूमा ट्रेड युनियन गतिविधिहरूमा प्रतिबन्ध र सामूहिक सौदाबाजीकाे अधिकार लाई निरुत्साहित गर्ने अभ्यासहरू गरिरहेकाे छ। श्रमिकको अधिकारलाई थप कमजोर बनाएको छ। निजी क्षेत्रका कर्मचारीहरूको लागि समान खालको श्रम मापदण्ड छैन। फलस्वरूप, शोषणकारी श्रम अभ्यासहरू प्रचलित छन्।
कर्मचारीहरूको सेवाका सर्त र निर्धारण गर्न सामूहिक साैदाबाजी भए पनि या त अवरुद्ध हुन्छ वा लागू हुँदैन। जब सम्झौताहरूहुन्छन् , अदालतमा लगाइन्छ, न्यायिक निर्णयहरू सधैं कामदारहरूको पक्षमा हुँदैनन्, तिनीहरूलाई अस्वीकार गर्दै भर्खरै नेेपालमा सर्वाेच्च अदालतकाे आदेशबाट बैकिङ्ग उद्योगमा श्रम कानुन नलाग्ने फैसला गरेको छ। नेपालमा शिक्षा क्षेत्रमा शिक्षक र कर्मचारीहरु सेवा सुरक्षा र ट्रेड युनियन अधिकारका लागि आन्दाेलित छन। यस्तो वेला हामीले अझ शसक्त ढंगबाट एकता बद्व ढंगबाट आन्दोलनलाई अगाडि बढाउनु पर्ने भएको छ।
यस बैठकले विश्व ट्रेड युनियन महासंघकाे( WFTU) १८ ओै विश्व सम्मेलनकाे कार्यदिशा अनुरुप WFTU को प्रभावलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु।
आगामी दिनमा WFTU ले वैचारिक कार्यलाई सघन ढंगबाट अगाडि बढाउनु पर्दछ। यतिबेला साम्राज्यवादी शक्तिहरूले विश्वभर हिंसा, हत्या र अराजकता कायम राखेका छन।अर्कोतिर बुर्जुवा साेसलडेमाेक्रेट्सहरुले ट्रेड युनियन आन्दोलनलाई वर्ग समन्वयबादी धारमा धकेल्ने चेष्टा गर्दै छन। यस्तो स्थितिमा श्रमिकहरु बिच प्रशिक्षण , सेमिनार जस्ता कार्यक्रम संचालन गर्नु पर्दछ। र ट्रेड युनियन आन्दोलनलाई वर्ग संघर्ष केन्द्रीत हिसाबले अगाडि बढाउनु पर्दछ।
श्रम क्षेत्रमा भई रहेको कार्य विस्तार संगै, मेडिया पत्रकारीता, स्वास्थ्य क्षेत्र , कानुन व्यवसाय क्षेत्र, कला र सांस्कृतिक क्षेत्रमा नयाँ अन्तर्राष्ट्रिय ट्रेड युनियन इन्टरनेशनल निर्माण गर्न पहल गर्नु पर्दछ।
सन् २०२५ मा WFTU को ८० औं वार्षिकोत्सवमा यश वर्ष विभिन्न गतिविधिहरू सहित वर्षभरि मनाउन विभिन्न गतिविधिहरू सञ्चालन गर्नुपर्छ। महादेशीय स्तरमा ट्रेड युनियन सम्मेलनहरू आयोजना गर्नु पर्दछ। WFTU काे ८०ओैं स्थापना दिवसमा विश्वव्यापी कविता र निबन्ध प्रतियोगिताहरू आयोजना गर्नु पर्दछ र सहभागीहरूलाई पुरस्कार र प्रमाणपत्रहरु वितरण गर्ने र अग्रज ट्रेड युनियन कर्मीहरुलाई सम्मान र प्रंशसा गर्नु पर्दछ।
यस्तै महादेश स्तरमा र हरेक देशमा सेमिनारहरू आयोजना गर्नु पर्दछ। WFTU को ८० ओैं वर्षको यात्राका विषयमा नेपाली लगायत धेरै भाषाहरूमा पुस्तकहरू र बुलेटिनहरूको प्रकाशनलाई प्रोत्साहन गर्नु पर्दछ। आप्रवासी कामदारहरूको समस्या र विश्वव्यापी वातावरणीय संकटका विषयमा सेमिनारहरू आयोजना गर्नु पर्दछ।
संगठनलाई बडी चलायमान बनाउन भर्चुअल माध्यमबाट बैठकहरु आयोजना गर्नु पर्दछ । ट्रेड युनियन इन्टरनेशनलका विषयगत अन्तर्राष्ट्रिय ट्रेड युनियनहरुकाे हरेक महादेशमा कमिटी गठन र नियमितरूपमा बैठक,भेला र हरेक देशमा सम्पर्क बढाएर विषयगत अन्तर्राष्ट्रिय ट्रेड युनियनमा आबद्ध गराउन अभियान संचालन गर्नु पर्दछ।
धन्यवाद ।
५ मार्च,२०२५
भियतनाम